२०८० चैत्र १५ बिहीबार

किरात नामकरण बिन शान्ति र संमृद्धि सम्भव नहुने सांसदहरुको भनाइ

-अर्जुन जम्नेली राई

काठमाडौं । प्रदेश १ को नाम किरात राख्न आज (माघ २४) गते किरात राई यायोक्खाको मुख्य कार्यालय काठमाडौमा भएको छलफलमा किरात नाम बिन प्रदेशमा शान्ति र संमृद्धि संभव नहुने संघीय सांसदहरुले बताएका छन् ।

प्रदेश सभाको हिउँदे अघिवेशन हिजो (२३ माघ) सुरु भएपछि यायोक्खाले आयोजना गरेको अन्तरक्रियामा संघीय सांसद शुरेसकुमार राई (हिमाल)ले पहिचानको बिनको नाम राखिए शान्ति र संमृद्धि नहुने बताए । सत्ता रुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य पार्टी प्रदेश १ समितिको सचिव समेत रहेका सांसद राईले पार्टी भित्रका अधिकांस सांसदहरु मन्त्री पद गुम्न सक्ने संभावना भएपनि प्रदेशको नाम किरात वा किरात लिम्बुवानकै पक्षमा रहने बताए ।

नामकरण बारे प्रदेश पार्टीमा समेत छलफलहुने उल्लेख गर्दै प्रदेश सरकार सफलहुन पहिचानको आधारमा नामम राख्न आफूहरुको सुझाव रहेको बताए । संघीय सांसद जय राईले प्रदेशको नाम किरात पहिचानको आधारमा रहनुपर्ने आफूहरु पनि लागिरहेको बताए । संघीय सांसद सुदन किरातीले वृहत संयुक्त मोर्चामा सहभागि भएर शसक्त आन्दोलनमा लाग्नु पर्ने यायोक्खालाई सुझाव दिएका छन् । आन्दोलन अघि बढे पहिचानको आधारमा नाम रहने कुरामा आफू बिस्वास्थ्य रहेको बताए । खम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष आर.के. खम्बूले पहिचानको आधारमा नाम नरहे शसक्त आन्दोलनको तयारीमा रहेको बताए । खम्बूले नाम किरात भए आफ्नो संगठनलाई स्वीकार्यहुने बताए ।

कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य चन्द्रविक्रम राईले किरात लिम्बुवान संयुक्त भएर आन्दोलनमा लाग्नु पर्ने बताए । अन्तरक्रियामा किराँती मोर्चाको उपाध्यक्ष जय राई, किरात राई लोकतान्त्रिक संघको उपाध्यक्ष शरण राई, सुनुवार सेवा समाजको अध्यक्ष रणवीर सुनुवार, किरात मोर्चाको नवीन किराँती लगायतले बोलेका थिए ।

यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खाले २१ संगठनको संयुक्त मोर्चाकै सहभागीतामा संघ र प्रदेशको सरकार, सांसद, पार्टीको संसदीय दलका नेता, प्रवक्ताहरु, पार्टी नेतृत्वहरुसंग भेटघाट तथा आन्दोलनसंगै बढाउने योजना रहेको महासचिव जनक राईले बताए ।

२०७६ माघ २४, शुक्रबार १५:३२ गते 0 Minutes 70 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार