पूर्व प्रधानमन्त्री नेपालद्वारा नोबेल अस्पतालको निरीक्षण, राम्रो उपचारले बिरामी सन्तुष्ट पाएको प्रतिक्रिया

Spread the love

बिराटनगर। पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आज बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालमा उपचाररत बिरामीहरुसँग कुराकानीसहित नेता नेपालले न्यूरो र कार्डियोमा नोबेलले भित्र्याएको नयाँ प्रबिधिको निरीक्षण गरेका हुन् ।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा, अस्पताल निर्देशक डा.राजेश नेपाल लगायतले नेता नेपाललाई अस्पतालका बिभिन्न कक्षसहित अत्याधुनिक उपकरणको अवलोकन गराएका थिए । नेता नेपालले दक्षिण पूर्वी एशियामै पहिलो पटक नोबेलले सुरु गरेको अत्याधुनिक न्यूरो सर्जरी सेवा, शल्यक्रिया कक्ष, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआइ, ओपन हार्ट सर्जरी आइसीयू कक्ष लगायतको अवलोकन गरेका छन् ।

अस्पताल निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले नोबेलमा राम्रो उपचारका कारण बिरामीहरुको चाप बढीरहेको पाएको प्रतिक्रिया दिए । ‘बिरामीहरु सन्तुष्ट भएको पाईयो । नोबेलले उपचारमा नयाँ–नयाँ उपकरण ल्याएको रहेछ । यहाँको भीड हेर्दा पक्कै पनि नोबेलले राम्रो उपचार गर्दो रहेछ भन्ने लाग्यो ।’ नेता नेपालले भने ।

अस्पतालहरुले राम्रो उपचार गरेर बिरामीलाई सन्तुष्ट बनाउँनुपर्नेमा जोड दिदै नेता नेपालले नोबेलमा अत्याधुनिक उपकरणको प्रयोग गरेर बिरामीको उपचार भईरहेको देख्दा खुःशी लागेको बताए । सो अवसरमा नेता नेपालले नोबेलमा उपचाररत नेकपाका स्थानीय नेता कृष्ण बोगटी लगायतको स्वास्थ्य अवस्था जानकारी लिएर सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

21130cookie-checkपूर्व प्रधानमन्त्री नेपालद्वारा नोबेल अस्पतालको निरीक्षण, राम्रो उपचारले बिरामी सन्तुष्ट पाएको प्रतिक्रिया

प्रतिकृया दिनुहोस्