
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिसंग जोडेर लैजाने बताउनु भएको छ ।
विराटनगरमा आजदेखि सुरु ‘संमृद्धिका लागि एकिकृत जैविक स्रोत’ विषयक जीव बैज्ञानिकहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले विज्ञान र प्रविधिमा नयाँ पुस्ता निमार्णका लागि प्रदेशमा माध्यमिक विद्यालयहरुबाट सुरु गरेको जानकारी गराउँदै २९ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिसकेको बताउनुभयो ।
प्रदेश सरकारले विज्ञान र प्रविधिमा आधारित उद्योगहरूको स्थापना र प्रोत्साहन गर्ने नीति प्रदेश सरकाले लिएकाले जीव विज्ञान र प्रविधिका क्षेत्रमा भएका खोज अनुसन्धानको सहयोग लिएर प्रदेश सरकार संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने बताउनुभयो । उहाँले वातावरणको संरक्षण, जलवायु परिवर्तन र कार्वन संचेतीकरण जस्ता विषयमा प्रदेश सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताउँदै यस्ता विषयका खोज अनुसन्धान गरी सरकारलाई सहयोग गर्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभयो ।
प्रदेशमा १ मा रहेका विभिन्न ठाउँलाई जैविक विविधताका केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकारले काम गरिरहेको बताउँदै यसबाट यस क्षेत्रको पर्यटनमा समेत विसका पुग्ने बताउनुभयो । उहाँले देशभरबाट भेला भएका जीव बैज्ञानिकहरुलाई प्रदेश नं १ का पर्यटकीय क्षेत्रको अवलोकन गरेर मात्र फर्कन पनि आग्रह गर्नुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।