२०८० चैत्र १५ बिहीबार

बूढासुब्बा गोल्डकपको २२ औं संस्करण फागुन १० मा, पहिलो पटक भिएआर प्रयोग गरिने

धरान । बूढासुब्बा गोल्डकपको २२ औं संस्करण फागुन १० देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै यस बर्ष देशीविदेशी गरी ८ वटा टिमहरु सहभागी बन्ने जानकारी दिएकाे हाे । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बूढासुब्बालाई क श्रेणीमा राखेसँगै पुरस्कार राशि भने एकैपटक २ लाख रुपैयाँ वृद्धि गर्दै १० लाख रुपैयाँ पुर्याएको छ ।

यसअघि विजेताको पुरस्कार राशि ८ लाख रुपैयाँ थियो भने उपविजेताको ४ लाख रुपैयाँ थियो । यसपटक उपविजेताले नगद ५ लाख रुपैयाँ पाउने महासचिव प्रताप तामाङले जानकारी दिए । यसपटक एकै समयमा राष्ट्रियस्तरमा ३ वटा प्रतियोगिता भइरहेका छन् । जसमा सुदूरपश्चिम प्रदेशमा हुँदै आएको खप्तड गोल्डकप, प्रदेश ५ को बुटबलमा हुँदै आएको तिलोत्तमा गोल्डकप पनि एकै समयमा हुन लागेकाले क्लबका लागि केही चुनौतीहरु थपिएको क्लबका अध्यक्ष किशोर राईले बताए । उनका अनुसार एन्फाले सोहीअनुरुप क्लबहरुलाई विभाजन गरिदिएको छ ।

धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मस्र्याग्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, यूके एफसी, भारत, जापन फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभित्ता फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब छन् ।

२२ औं संस्करणमा हालै नेपालमा भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउने भएको छ । यो सिस्टम नेपालमै पहिलो पटक बूढासुब्बाले प्रयोगमा ल्याउन लागेको हो ।

२०७६ माघ २४, शुक्रबार १६:२४ गते 0 Minutes 69 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार