२०८० जेष्ठ १७ बुधबार

किराया वडा कार्यसमिति बक्लौरीको अध्यक्ष्यमा कुमार सिंह

रामधुनी । किरात राईहरुको जातिय संस्था किरात राई यायोक्खा वडा कार्यसमिति रामधुनी बक्लौरीको चौथो वडा अधिवेशनबाट कुमार सिंह राईको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

रामधुनीको बक्लौरी स्थित रहेको राईजिङ स्टार इङ्लीस बोर्डिङ स्कूलमा आयोजीत उक्त वडा अधिवेशनबाट अध्यक्षमा – कुमार सिंह राई, उपाध्यक्षमा डुमन लक्ष्मी राई, सचिवमा हिता राई, सह–सचिवमा संगिता राई, कोषाध्यक्षमा विष्णु कुमारी राई र सदस्यहरुमा– शरहरमान राई, भलकाजी राई, जंगवीर राई, इन्द्र कला राई, दुर्गा राई र आशा राई रहेका छन् ।

फोटो @दुर्गा राई

नव निर्वाचित कार्यसमितिका अध्यक्ष्य कुमार सिंहले भने– हाम्रो मातृसंस्था किरात राई यायोक्खाले अख्तियारी गरेको विधि विधानलाई पछ्याउदै संस्थाको गरिमा उच्च पार्ने कार्य गर्दै किरायाले संचालन गरीरहेको १ नं.प्रदेश किरात प्रदेश नामंकन अभियानलाई संस्थागत गर्न महत्वपूर्ण भूमीका खेल्ने बताए ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीका उपाध्यक्ष हिन्दुहाङ राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनको खुल्ला शत्रमा राईजिङ स्टार इङ्कलीस बोर्डिङ स्कूलका संचालक एवम् प्रधानाध्यापक, किरात ब्यक्तित्व शिवकुमार राई, किराया सुनसरीका सह–सचिव शम्भू राई पृथक र किराया सुनसरी सदस्य सविता राईले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधी जगत राई, किराया सुनसरी सह-सचिव चन्द्रकला राई, सदस्य दुर्गा राई, चन्द्र कुमार राई, प्रदिप राई, चन्द्र बान्ताव राई, किराया सुनसरी पूर्व जिल्ला सदस्य मदन राई लगायत अन्य किराया वडा कार्यसमिति बक्लौरीका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु तथा किरात ब्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो । किराया वडा कार्यसमिति बक्लौरीका पूर्व सचिव बृजेश कुमार राईले कार्यक्रम संचालन गरेका थिए ।

२०७६ माघ २५, शनिबार १५:४६ गते 1 Minute 29 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।