२०८० चैत्र १५ बिहीबार

दिमालुङ, वाच्छाला सिन्द्राङ छोकुभेन अवतारी सडक निर्माण हुने, भोजपुरको दक्षिणी क्षेत्र विकासले तिब्रता लिदै, पर्यटनमा ध्यान केन्द्रीत गर्दै हतुवागढी

हतुवागढी । हतुवागढी गाउँपालिकाको दिमालुङ, वाच्छाला सिन्द्राङ छोकुभेन अवतारी सडक निर्माणको लागि १ नं. प्रदेशका मूख्यमन्त्री शेरधन राईको निर्वाचन क्षेत्र विकास कोषबाट यस आर्थिक बर्ष २०७६/०७७ को लागि १४ लाख ८५ हजार रकम विनियोजन भएको छ ।

हतुवागढीमा रहेका विविध पर्यटनका गन्तब्यहरुलाई सडक सञ्जालले जोड्ने उद्देश्यले यो सडक बनाउन लागिएको हतुवागढी गाउँपालिकाको भनाई छ । अद्भूत क्षमता र दैवीय शक्ति भएका, किरातीहरुको शक्तिपीठ छोकुभेन अवतारी मन्दिर धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तब्य बन्दै गएकोले सबै क्षेत्रबाट यस मन्दिरलाई सडक सञ्जालले जोडनका लागि सडक निर्माण गर्न लागेको हतुवागढी पर्यटन पूर्वधार विकास संस्थाका अध्यक्ष जीवन खाहोङ राईले बताए ।

हतुवागढी गाउँपालिकाको वडा नं. २ पूर्णेडाडाबाट वडा नं. ३ सिन्द्राङको छोकुभेन अवतारी मन्दिर सम्मको बाटो निर्माणको लागि करिव ५०/६० लाख रुपैया खर्च लाग्ने प्राविधि अनुमान छ । यसको दुरी करीब ६ किलोमिटर रहेको छ । यो बाटो निर्माणको लागि यसभन्दा अगाडी स्थानीय उपभोक्ताहरुले प्रतिघर संकलन गरेको रकममा गाउँपालिकाले केही रकम थप विनियोजन गरी ट्रयाक ओपन थालनी गरेता पनि रकम अभाबका कारण यस योजना त्यतिकै लथालिङगै भएको थियो । यो योजना सम्पन्न गर्नको लागि आवश्यक अपुग रकम क्रमागत गरी अर्को आर्थिक बर्षमा विनियोजन गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

यो सडक निर्माणसंगै साविक सिन्द्राङको वडाहरु ९,७,१,५,६,४,३ त्यसै गरी रानीवासका आधा जस्तो वडा र आम्चोक गाउँपालिको पूर्वीय (देवान्तार) वडाहरुका आम नागरिकहरु लाभान्वित हुने भएकोले स्थानीय सर्वसाधरण हर्षित भएका छन् ।

यातायातको सुविधा र सप्तकोशीमा जलयात्राको सुविधाका कारण अहिले हतुवागढी गाउँपालिकाको स्तरउन्नती ह्वात्तै बृद्दी भएको छ । १ नं. प्रदेशकै पर्यटनको लागि प्रचुर सम्भावना भएको र सहर निकट गाउँपालिका भएको कारण आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र समेत बन्दै गएकोले अहिले हतुवागढी गाउँपालिकाले शिक्षा, स्वास्थय, खेलकूद, यातायात, विधुत, आधुनीक कृषी र पर्यटन विकासमा तिब्रता दिएको छ । गाउँपालिकाको विकास निर्माणका लागि प्रदेश सरकारले करोडौ रकम विनियोजन गरी हाल तिब्रगतीमा योजनाहरु संचालन भइरहेका छन् ।

२०७६ माघ २६, आईतवार ०७:४३ गते 0 Minutes 105 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार