२०८० जेष्ठ १८ बिहीबार

विराट एक्स्पोको तयारी पुरा : तीन लाखले अवलोकन गर्ने आयोजकको अनुमान

बिराटनगर । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा आगामी शुक्रबारबाट बिराटनगरमा सुरु हुँन लागेको बिराट एक्स्पोको तयारी पुरा भएको छ । आयोजक उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरेर कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी पुरा भएको जानकारी दिएको हो ।

प्रदर्शनीमा ३ सय ४० स्टल रहने मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले बताए । उनका अनुसार ४० स्टल विदेशी मुलुकका हुनेछन् । एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १६०, अटोमोवाईल्सका ३८, खाद्यान्नका १२, वैंक तथा विक्तिय सस्था, सूचना तथा जनचेतामूलक २० र खानेकुराका १० स्टल रहने संयोजक दुलालले जानकारी दिए ।

एक्स्पोमा हेलिकप्टर मार्फत विराटनगरको अवलोकन र पाथिभरा दर्शनको व्यवस्था पनि मिलाईएको छ । त्यस्तै हात्तीमा यात्रा गर्न पनि पाईनेछ । उद्योग, व्यावसाय क्षेत्रका उत्पादनको प्रवद्र्धनमा टेवा पुर्याउँदै उत्पादक र उपभोक्तावीचको व्यावसायीक सम्बन्ध बिकासका लागि एक्स्पो गर्न लागिएको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए ।

बिराटनगर–२ शंकरपुर मार्गमा ९ दिनसम्म चल्ने प्रदर्शनीलाई छिमेकी मुलुकसहित नेपालका बिभिन्न जिल्लाका करिव ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

२०७६ फाल्गुन २, शुक्रबार ०३:३२ गते 0 Minutes 11 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।