
धरान / धरानको पुरानो र नाम चलेको सरकारी विद्यालय पब्लिक उच्च मा.वि. को ७३ औं वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम विहीबारदेखी सुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम गरिएको छ । विद्यालय परिषरमा गरिएको रक्तदानमा ५७ यूनिट रगत संकलन भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी गराए । सुनसरी जिल्ला रेडक्रस सोसाइटी शाखाको प्राविधिक सहयोगमा गरिएको उक्त रक्तदानमा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागीता रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुबेदीले गरिन् । कार्यक्रमलाई सम्बोधन गदै उपमेयर भण्डारीले विद्यार्थीहरुलाई पढाइसंगै सामाजिक सेवामा सहभागी गराउनु राम्रो कार्य थालनी भएको बताइन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालयको सरसफाइ, मिनी म्याराथुन दौड लगायत विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको बताए । समापन कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको सहभागीता रहने जनाइएको छ ।
धरान १२ चतरा लाईन स्थित रहेको यस विद्यालयमा १ हजार ९ सय विद्यार्थीहरु अध्ययनरत छन् । बि स २००३ सालमा स्थापना भएको विद्यालयलाई सरकारले नेपालको नमुना विद्यालयको रुपमा चिकृत गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।