
बिराटनगर। नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा आजबाट बिराटनगरमा बिराट एक्स्पो सुरु हुँदैछ । बिराटनगर–२ शंकरपुर मार्ग स्थित मैदानमा दिउँसो साँढे १ बजेबाट सुरु हुँने एक्स्पोलाई अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गर्दैछन् ।
एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजक उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरेर जानकारी गराईसकेको छ । प्रदर्शनीमा नेपालसहित बिभिन्न देशका ३ सय ४० स्टल रहने मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए । उनका अनुसार ४० स्टल विदेशी मुलुकका हुनेछन् । एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १६०, अटोमोवाईल्सका ३८, खाद्यान्नका १२, वैंक तथा विक्तिय सस्था, सूचना तथा जनचेतामूलक २० र खानेकुराका १० स्टलेछन् ।
९ दिनसम्म चल्ने प्रदर्शनीलाई नेपालसहित बिभिन्न मुलुकका करिव ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।