
धरान । धरान उच्चका विद्यार्थीहरु द्वारा धरानको मूख्य सडकमा आफै जेब्रा क्रस निर्माण गरेका छन् । धरान उच्चका विद्यार्थीहरुले २०५८ सालमा स्थापना गरेको कोसिस नामक क्लवले हरेक बर्ष विभिन्न सामाजीक काम गरेर समाजमा योगदान पुर्याउदै आइरहेका छन् ।
करीव १८ बर्ष अगाडी कक्षा ११–१२ का विद्यार्थी मिलेर समूह बनाइएको कोसिस क्लब केही बर्ष अलि सुस्ताएको थियोे । तर दुई वर्षअघि समूहलाई ब्युँत्याएर काम अघि बढाइएको समूहका अध्यक्ष प्रथम अग्रवालले बताए । ‘यसअघि यो संस्था त्यति सक्रिय थिएन तर विद्यार्थीसँग सरसल्लाह गरेर केही सामाजिक कार्य गरेर समाजको सेवा गरौ र संस्थालाई फेरि सकृय बनाउ ।’ उनले भने ।
क्लबको उपाध्यक्षमा स्मारिका राई, सदस्य आशिष पाण्डे विनोद श्रेष्ठ, सृष्टि राई रहेका छन । विद्यार्थीलाई कलेज वारपार गर्न केही समस्या देखेपछि त्यहाँ जेब्राक्रस निर्माण गरिएको हो’, अध्यक्ष अग्रवालले भने, ‘अहिले जेव्राक्रस लगाए पछि अधिकांश विद्यार्थीले सहज महसुस गरेका छन् ।’ क्लबका २७ जनाको समूहले धरान उच्च अगाडि र विजयपुर स्कूल अगाडि जेब्राक्रस बनाएको क्लवका उपाध्यक्ष स्मारिका राईले बताए ।
‘सडकमा हिड्ने पैदल यात्रीहरुलाई सवारी नियम सम्बन्धि अझै जनचेतना पूर्ण नभइसकेको कारण धेरै दुर्घटना हुने गरेको बताउदै स्मारीकाले भने अव हामी दाता खोजी हाम्रो क्लबले भानुचोकमा पनि जेब्राक्रस निर्माण गर्ने तयारी गरीरहेका छौ ।जसले गर्दा जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम नहोस । उनले भने ।
यस क्लवले अघिल्लो वर्ष रक्तदान, सचेतनामूलक रयाली लगायत गरेको थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।