२०८० आश्विन ७ आईतवार

नोबेलद्वारा प्रायोजित बिराट एक्स्पो सुरु, मुलुकमा लगानीको वातावरण बनेको अर्थमन्त्रीको दावी

बिराटनगर । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा शुक्रबारदेखि बिराटनगरमा बिराट एक्स्पो सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा सुरु भएको एक्स्पोलाई अर्थमन्त्री डा.युवराज खतिवडाले शान्तिको दूत परेवा उडाएर उद्घाटन गरेका छन् ।

प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उद्योग व्यावसाय क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउँन एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘एक्स्पोमा उल्लेख्य आर्थिक कारोबार हुनेछ । उद्योग व्यावसाय क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउँन यसले सहयोग पुग्छ ।’ अर्थमन्त्री खतिवडाले भने ।

फरक प्रशंगमा उनले मुलुकमा ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण हुँदै गएको दावी गरे । जलविधुत क्षेत्रमा चालु आर्थिक बर्षको ६ महिनामा २ खर्ब भन्दा बढीको लगानी प्रतिवद्धता आएको भन्दै उनले पछिल्लो समय चार गुणा लगानी प्रतिवद्धता बढ्नुले लगानीको सहज वातावरणलाई प्रष्टाएको धारणा राखे । कार्यक्रममा बोल्ने अधिकांस वक्ताले एक्स्पोले उद्योगी तथा व्यावसायी र उपभोक्तावीचको सम्बन्ध विस्तार गर्नेमा जोड दिएका छन् ।

उद्योग व्यावसाय क्षेत्रको बिकासमा योगदान पुर्याएको भन्दै कार्यक्रममा उद्योगी भोलेश्वर दुलाल र बिपिन काब्रालाई सम्मान गरिएको छ । एक्स्पोमा ३ सय ४० स्टल राखिएको छ । जसमध्ये ४० स्टल विदेशी मुलुकका छन् । ९ दिनसम्म चल्ने एक्स्पोमा ३ लाख अवलोकनकर्ता भित्र्याएर १ अर्व बरावरको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

२०७६ फाल्गुन ३, शनिबार १३:५५ गते 0 Minutes 33 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार