प्रदेश १ को नाम पहिचानको आधार रहन्छ: सांसद राई पार्टी केन्द्रबाट ह्वीप नआउने नेकपा केन्द्रीय सदस्यको भनाई

Spread the love

-अर्जुन जम्नेली राई

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सदस्य तथा संघीय सांसद शुरेसकुमार राई(हिमाल)ले प्रदेश १ को नाम पहिचानको आधारमा “किरात लिम्बुवान” रहने बताएका छ्न । आज (फागुन ३)पार्टी सम्बद्द किराँती राष्ट्रिय मुक्ती मोर्चाको केन्द्रीय पदाधिकारी बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्य राईले सो कुरा बताएका हुन ।

पार्टीको प्रदेश १ समिति सचिवसमेत रहेका राईले पहिचान जोडिए मात्र शान्ती, संमृड्डीको साथै बस्तुगत र व्यबहारिक हुने बताएका हुन । पार्टी केन्द्रीय समितिको बैठकको स्थिती हेर्दा गण्डकी र वाग्मतीमा जस्तो प्रदेश १ मा केन्द्रीय सरकार तथा पार्टी नेतृत्वको ह्वीप नआउने सदस्य शुरेसकुमार राईले बताए । गण्डकी र वाग्मती राखिएकोमा दिश्रो केन्द्रीय समितिको बैठकमा पहिचानको पक्षमा रहेका सदस्यहरुले नेतृत्वको कडा आलोचना गरेको बताइएको थियो ।

प्रदेश १ को नामकरणको सवाल अन्यभन्दा फरक भएको उल्लेख गर्दै वर्तमान सरकारको कौशताको साथै चुनौती र संभावना उतिकै रहेको बताए । प्रदेशको नाम पहिचानको आधारमा राख्न बृहत् “लिम्बुवान किरात संयुक्त मोर्चा”संगै अघि बढ्न राईको मोर्चालाई सुझाव रहेको छ । मोर्चाको पदाधिकारी बैठकले संयुक्त मोर्चामा सहभागी भएर आन्दोलनमा सहभागी हुने, किरात राई लोकतान्त्रिक संघस्ँग एकताको पहल गर्ने, आदिवासी जनजाती महासंघ, नेपाललाई शसक्त बनाउन किराँती मोर्चाको कोटा थप गर्ने लगाएतको निर्णय गरेको छ । मोर्चाको अध्यक्ष राजन किराँती (बासु)को अध्यक्षतामा भएको बैठक बसेको थियो ।

21980cookie-checkप्रदेश १ को नाम पहिचानको आधार रहन्छ: सांसद राई पार्टी केन्द्रबाट ह्वीप नआउने नेकपा केन्द्रीय सदस्यको भनाई

प्रतिकृया दिनुहोस्