
इटहरी । किरात राई यायोक्खा इटहरी नगर समितिको अधिवेशन शनीबार देखी शुरु भएको छ । किरात राई यायोक्खाको तायारीप्ची भवन इटहरीमा औपचारीक खुल्ला शत्र कार्यक्रमको आज समुद्घाटन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी किराया केन्द्रीय उपाध्यक्ष तिलक याम्पूm राईले तीनवटा मैनबत्ती बाली किरात हाङ यलम्बरको तस्वीरमा फूलमाल लगाएर किराया इटहरीको तेश्रो नगर अधिवेशनको उद्घाटन गरेका हुन् ।
किराया इटहरी उप–महानगर कार्यसमितिका अध्यक्ष खगेन्द्र राईको सभापतित्वामा सम्पन्न खुल्लाशत्र कार्यक्रममा इटहरी नगरका विभिन्न जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थिती थियो ।
उक्त कार्यक्रममा तमु ह्यूल छोधीं गुरुङ परिषद इटहरी नगर अध्यक्ष दिलिप गुरुङले शुभकामना मन्तब्य राख्दै भने– “हामी आदिवासी जनजातिहरु एकजुट नहुँदाको पिडा अहिले हामीले भोगीरहेका छौ, प्रदेशको नामाकरणमा ढिला हुनको मूख्य कारण दलका नेताहरुमा जनता प्रति उत्तरदायीत्व नहुनु हो । प्रदेशको नाम कुनै पनि हालतमा किरात हुनु पर्छ नभएमा किरात जन्य संस्था लगायत आदीवासी जनजातिहरु एकढिक्का भएर आन्दोलनमा उत्रीनु पर्दछ ।”
कार्यक्रमका प्रमुख अतिथी किराया केन्द्रीय उपाध्यक्ष तिलक याम्फू राईले “हामी जातिय संस्थामा काम गर्ने मानिसले प्रथमत आफ्नो भाषालाई बचाउन सक्नु पर्दछ, भाषाका कारण हामी समृद्द छौ । यसले हाम्रो जीवनमा नजानीदो ढंगबाट धेरै लाभदायी भूमीका खेलीरहेको छ ।” उनले थपे– “हामी धेरै पहिलेदेखी नै पहिचानको मुद्दामा होमीएका हौ, अहीले प्रदेशको नामाकरणमा सभ्याता, साँस्कृतिक, भूगोल र ऐतिहासीक तथ्यको आधारमा नाम चाही किरात नै राखीनु पर्छ भनेर हामी आन्दोलनरत छौ, यस मुद्धालाई कुनै पनि हालतमा स्थापीत गर्नुपर्छ यसको लागि सांकेतीक दवावको लागि यो हप्ता भित्र करीव ५ लाखको संख्यमा मोटर साइकल र्याली निकाल्ने योजना रहेको छ ।”
कार्यक्रममा किराया सुनसरी अध्यक्ष बलराम राई, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष रामकुमार माण्डुपा राई, किराया सुम्निमा नगर कार्यसमितिका अध्यक्ष बन्दना राईले शुभकामना मन्तब्य राखेका थिए । किराया सुनसरी उपाध्यक्ष हिन्दुहाङ राई, सचिव राजेन्द्र राई, सह–सचिव चन्द्रकला राई, शम्भू राई, कोषाध्यक्ष सुवित्रा राई, सह–कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, सदस्य यलमहाङ राई, दुर्गा राई, अमित राई र किराया केन्द्रीय सदस्य नगेशचन्द्र राई र कमला राईको उपस्थिती थियो ।
उक्त कार्यक्रममा साग खेलकुदमा टेक्वान्दो खेलमा स्वर्ण पदक विजेता खेलाडी सुशिला राईलाई सम्मान गरेको थियो ।
फागुन ४ गते आइतवारका दिन बन्दशत्र कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमिति चयन गरीने अधिवेशन आयोजक कमीटिका संयोजक तथा किराया नगर समितिका उपाध्यक्ष हेमन्त राईले जानकारी गराए । किराया नगर समितिका सचिब राष्ट्र राईले कार्यक्रम संचालन गरेका थिए।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।