२०८० मंसिर १४ बिहीबार

भवन सिलन्यास, सम्मान र स्मारिका सार्वजनिक गरी पथरी उवा संघको १७ औ साधारण सभा

मोरङ । पथरी उद्योग वानिज्य संघले आफ्नो १७ औं साधारणसभा गरेको छ । आज (सोमबार) साधारण सभाको उद्घाटनसँगै पथरी शनिश्चरे-२, मा करिव साढे चार करोडको लगानीमा बन्न लागेको भवन सिलन्यास गरेको हो । उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिनुका साथै स्मारिका समेत सार्वजनिक गरेका छन।

संघले करिव ३ कट्टा जमिनमा गेष्ट हाउससहितको सुविधा सम्पन्न भवन बनाउन लागेको हो । साधारण सभाको अवसरमा भवनको उद्घाटन, संघको क्रियाकलाप समेटेर प्रकाशन गरिएको स्मारिका सार्वजनिक र विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पथरी घर भइ नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित अशोक शंकर, नेपालभर करिव २३ हजार सामुदायिक वनहरु मध्ये उत्कृष्ण घोषितहुदै गणेशमान सिंह सामुदायिक वन प्रथम पुरस्कार विजेता पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट अध्यक्ष कबुलबहादुर मगर, उत्कृष्ण व्यावसायीको रुपमा प्याकुरेल हार्डवेरका संचालक हरिराज प्याकुरेल, मानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

पथरी घर भएका डा. भुपेन्द्र बस्नेत, पाइलट भोगेन्द्र कठायत, प्रथम महिला शंकराचार्य हेमानन्द गिरीलाई सम्मान गरिएको थियो । त्यसैगरी संघको पूर्व अध्यक्षहरु लालचन्द लुनिया, देविप्रसाद ओली, पर्शुराम अधिकारी, गणेश भट्टराई, ईश्वरीप्रसाद घिमिरे, गंगाप्रसाद सुवेदी, सीताराम विष्ट, मानप्रसाद लिम्बू, पर्शुराम कार्की, डिगबहादुर बस्नेत, धनकुमार तामाङलाई सम्मान गरेको हो । उद्योग वानिज्य संघ पथरीको अध्यक्ष दीपक वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा ६५ जना आजीवन सदस्यलाई सदस्यता पत्रसहित सम्मान गरिएको थियो । आजीवन सदस्यहरुबाट भवन निर्माणको लागि कम्तिमा ५१ हजारको दरले सदस्यता शुल्क संकलन भएको संघको महासचिव अशोक राईले बताए ।

भवन निर्माणको लागि कार्यक्रममा उपस्थित इटहरी उद्योग वानिज्य संघको अध्यक्ष भीमबहादुर पौडेलले सात लाख ५१ हजार, पथरीका स्थानीय व्यवसायी मानबहादुर श्रेष्ठले पाँच लाख ५५ हजार ५५५, प्रदेश १ का उद्योग वानिज्य महासंघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले एक लाख एक हजार भवन निर्माणको लागि सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल हवाइजहाज उडान नभएपछि उपस्थित भएनन् । कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, प्रदेश १ सभासदस्य कृष्णाकुमारी राई, पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना विष्ट, इटहरी उद्योग वानिज्य संघका अध्यक्ष भीमबहादुर श्रेष्ठ, विभिन्न पार्टीका प्रतिनिधिहरुले साधारण सभा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य लालबहादुर मगर, प्रदेश १ सभा सदस्यहरु कुलप्रसाद साम्बा, कला घले लगायतको उपस्थिति रहेको थियो ।

२०७६ फाल्गुन ५, सोमबार १४:५६ गते 1 Minute 43 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार