२०८० आश्विन १२ शुक्रबार

इन्टर ब्यासिक फुटबलको उपाधि न्युप्यागोडाको पोल्टामा

मोरङ । मोरङको पथरीशनिश्चरे नगर प्याप्सनले आयोजना गरेको ‘इन्टर स्कुल ब्यासिक लेवल फुटबल टुर्नामेन्ट’को उपाधि पथरीको न्यु प्यागोडा आवासीय माविले हाता पारेको छ ।

आज(सोमबार) भएको फाइनल खेलमा पथरीकै रेड स्टार बोर्डिङ स्कुललाई सडन डेथमा पराजित गर्दै उपाधि प्यागोडाले उचालेको हो । उपाधि विजेता प्यागोडा र उपविजेता रेड स्टारका खेलाडिहरुले खेल अवधिभर गोल रहित बराबरी भएपछि भएको ट्राइब्रेकरमा समेत तीन बराबरी गोल भएको थियो । सडन डेथमा रेड स्टारले प्रहार गरेको गोल पोष्ट बाहिरीएपछि प्यागोडाले उपधि उचालेको हो । प्रतियोगिताको म्यान अफ द सिरिज प्योगोडाको प्रविण ढकाल घोषित भए । खेलमा सबैभन्दा बढी गोल गर्ने अन्नपूर्णको गणेश बुढाथोकी पुरस्कृत भए ।

प्रतियोगितामा वाल्मीकी बोर्डिङ स्कुल र अन्नपूर्णवीच भएको खेलमा वामिल्मकी विजय हुँदै तेस्रो र अन्नपूर्ण चौथो भएका थिए । विजेता चौथो स्थान प्राप्त गर्ने स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । चार दिनसम्म भएको खेलमा नगरको २० वटा टिम सहभागि भएको प्यब्सन खेल संयोजक खगेन पुलामी मगरले बताए । खेलमा कक्षा ८ सम्मको विद्यार्थी सहभागि गराइएको थियो ।

प्यब्सनको नगर अध्यक्ष उपेन्द्र कडेलको सभापतित्वमा भएको समापन कार्यक्रममा नगरपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम लिम्बू, प्यब्सन प्रदेश समिति सदस्य नोवलकिशोर खनाल, जिल्ला सदस्य टिका दंगाल लगायतको सहभागिता रहेको थियो ।

२०७६ फाल्गुन ५, सोमबार १५:०० गते 0 Minutes 49 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार