२०८० मंसिर २४ आईतवार

सांस्कृतिक मनोरञ्जनको साथ मनाए चिनारी बोर्डिङले १० औ अभिभावक दिवास

मोरङ । पथरी शनिश्चरे नगरपालिका-२ स्थित चिनारी अङग्रेजी बोर्डिङ स्कुलले सांस्कृतिक मनोन्जन, पुरस्कार, वितरण र शुभकामना आदानप्रदान गरि आफ्नो १० औ अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरु मार्फत गीत, नृत्य, प्रहसन प्रदर्शन, कविता वाचन गरेर अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए । स्कुलका सन्चालक सोमनाथ नेपालको अभापतित्वामा भएको कार्यक्रममा एनप्याब्सनको प्रदेश १ अध्यक्ष जयबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

अभिभावक दिवसको अवसरमा फुटबल, टेबल टेनिस, विभिन्न दौड, म्युजिकल चेयर्स लगायतको खेलकुदको आयोजना गरेका थिए । कार्यक्रममा खेलकुदको विजेता, उपविजेता, कक्षा उतिर्णहुदाको उत्कट विध्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको स्कुलको सन्चालक, निर्देशक विरेन्द्रकुमार सम्बाले बताए ।

२०७६ फाल्गुन ५, सोमबार १५:०४ गते 1 Minute 50 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।