२०८० आश्विन ११ बिहीबार

कारागारबाट छुटे निवर्तमान सभामुख कृष्णबहादुर महरा

काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् । बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका महरा डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् । उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका छन् ।

संसद् सचिवालयको कर्मचारी माथि दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।

२०७६ फाल्गुन ५, सोमबार १५:५२ गते 0 Minutes 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार