
काठमाडौँ / कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा डा. शिवमाया तुम्बाहाङ्फे नियुक्त भएका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उनले आजैै पदभार ग्रहण गरेका हुन ।
पदबहालीका क्रममा मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । सो अवसरमा उहाँले कानून मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिनुभयो । यसअघि तुम्बाहाङ्फे प्रतिनिधिसभाको उपसभामुख थिए ।
विसं २०२० मा जन्मनुभएका नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले ‘नेपालको राजनीतिमा महिला आन्दोलन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उनले एक दशक त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा प्राध्यापन गरेका थिएँ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।