२०८० आश्विन ७ आईतवार

किराया इटहरी उपमहानगरको अध्यक्षमा खगेन्द्र सर्वसम्मत निर्वाचित

इटहरी । किरात राई यायोक्खा इटहरी उपमहानगर कार्यसमितिको तेश्रो अधिवेशनबाट खगेन्द्र राई सर्वसम्मत निवार्चित भएका छन् । किरायाको विधानत नगर कार्यसमितिले २१ सदस्यीय समिति सम्म निर्माण गर्न सकिने प्रावधान रहेता पनि अहिलेलाई बन्दशत्रले १६ सदस्यीय समिति निर्माण गरेको छ ।

किरात राई यायोक्खाको तायारीप्ची बहउद्देश्य भवन इटहरीमा गत ३ र ४ गते सम्पन्न गर्ने तयारी गरीएता पनि विशेष कारणले स्थगीत भएको अधिवेशन आज ९ गते सम्पन्न भएको छ । उक्त अधिवेशनबाट उपाध्यक्षमा हेमन्त राई, सचिवमा राष्ट्र कुमार राई, सह–सचिव भक्त कुमार राई, कोषाध्यक्षमा ममता राई रहेका छन् भने अन्य सदस्यहरुमा– बच्ची राई, रत्न राई, गणेश बहादुर राई, शंकर राई, हरिलाल राई, अनिल राई, सुब्बा राई, रोजन्ता राई, मिना कुमारी राई, महेन्द्रभक्त राई र इन्दिरा राई सर्वसम्मत निर्वाचित भएका हुन् ।

बन्दशत्रबाट कार्यसमिति चयन पछि किराया सुनसरीका सह–सचिव चन्द्रकला राई, नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष रामकुमार माण्डुपा राई र अध्यक्ष मण्डलका अध्यक्ष तथा किराया सुनसरीका अध्यक्ष बलराम राईले नव निर्वाचित नगर कार्यसमितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका दिएका थिए ।

तस्वीर @ ईपोस्ट

कार्यक्रममा किराया सुनसरीका उपाध्यक्ष हिन्दुहाङ राई, सचिव राजेन्द्र राई, सह–सचिव शम्भू राई ‘पृथक’, कोषाध्यक्ष सुवित्रा राई, सह–कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, सदस्य मेनुका राई, यलमहाङ राई, सविता राई, चन्द्र कुमार राई, चन्द्र बान्तावा राई र प्रदिप राईको उपस्थिती थियो ।
कार्यसमितिको पदावधी ३ बर्षको हुने निर्वाचन आयुक्त बलराम राईले जानकारी गराए ।

२०७६ फाल्गुन ९, शुक्रबार १६:५३ गते 1 Minute 15 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार