
राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा आईतबार अपरान्ह निधन भएको उहाको परिवारीक श्रोतले जानकारी दिएको छ । पलिखेलाई सोमबार धरान ल्याउने बताईएको छ । उपप्रमुख मेयर झण्डै डेढ महिना देखि काठमाडौंमा उपचारत थिए । मृगौला रोग सँगै अल्सरबाट पिडित पलिखेको उपचारको क्रममा प्रेसर बढेर टाउकोमा रगत जमेपछि केही दिनअघि अप्रेशन गरिएको थियो ।
पलिखे २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट तत्कालिन धरान नगरपालिकाको उपमेयरमा विजयी भएका थिए । तर, पछि उनले उपमेयरबाट राजिनामा दिएका थिए । पछिल्लो समय उनी धरानमा जनसरोकार मञ्च नेपाल नामक संस्था स्थापना गरेर धरानको समसामयिक तथा विकासका मुद्दाहरुमा आवाज उठाउदै सक्रिय थिए । उनले सर्दु जलाधार क्षेत्र बचाउनको लागि अभियानको नेतृत्व गरेका थिए ।
जनसरोकार मञ्च नेपाल धरानका सचिव हर्क साम्पाङ भने, ‘धरानभित्र हुने भ्रष्टाचार, अनियमितताको विरुद्ध हाम्रो अभियान जारी थियो । जनसरोकार मञ्च नेपाल धरानका संयोजक पलिखेको निधनले मर्माहत बनाएको छ ।’ उनले संयोजक पलिखेको भ्रष्टाचार, अनियमितताको विरुद्ध योगदान अतुलनिय रहेको बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।