२०८० आश्विन १२ शुक्रबार

बेलबारी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै मनाङ मर्यास्ङ्दी क्लब सेमिफाइनल प्रबेश

-हरि ईवाहाङ लिम्बु
धरान/ धरानमा जारी २२ औ बुढा सुब्बा गोल्डकपमा आज भएको खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब काठमाडौ सेमिफाइनलमा प्रबेश गरेको छ। मनाङले बेलबारी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको २३ औं मिनेटमा जर्सी नम्बर १४ का अन्जन बिष्टको पासमा जर्सी नम्बर २३ का निशान लिम्बुले पहिलो गोल गर्दै खाता खोले पश्चात् लगातार पहिलो हाफमा पुनः खेलको ४३ मिनेट बित्दा अन्जन बिष्टकै हेडिङ पासमा जर्सी नम्बर १० का बिमल राणाले हेड मार्फ़त गोल गरेका थिए ।
खेल अवधिभरमा बेलबारी फुटबल क्लबको उत्कृस्ट प्रदर्शन गरेता पनि अनुभबी र राष्ट्रिय खेलाडीले भरिएको मनाङ संग खेलको अन्तिम सम्म पनि गोल गर्न सकेनन् । बेलबारीका जर्सी नम्बर २३ का जीवन गुरुङले पाएको सुन्दर समय सदुपयोग गर्न सकेनन् । मनाङका जर्सी नम्बर १७ का दयानन्द सिंहले खेलको ५१ र ६७ औं मिनेटमा दुई गोल गरे सङ्गै उनले मनाङलाई ४ गोल बनाएर बेलबारीलाई ४-० अन्तरले पराजित गर्न सफल भए ।
खेलमा निकै राम्रो प्रस्तुति दिदै २ गोल गर्न सफल मनाङका दयानन्द सिङ खेलको म्यान अफ द म्याच घोषित भए भने मनाङका  निसान लिम्बु बेस्ट गोल गर्ने खेलाडी घोषित भए । आयोजकका अनुसार भोलि हुने खेल जाउलाखेल फुटबल क्लब र सण्डे एफ बि बि सि कलकता ईन्डिया बिच हुनेछ ।

२०७६ फाल्गुन १२, सोमबार १५:३४ गते 1 Minute 50 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार