२०८० आश्विन ७ आईतवार

सन्डे फुटबल क्लबलाई ६-१ ले हराउदै मच्छिन्द्र सेमिफाइनलमा

-मिलन चाम्लिङ राई
धरान। रङ्गशालामा जारी २२ औ बुढा सुब्बा गोल्डकपमा आज  भएको खेलमा वेस्ट बंगाल ईन्डियाको सन्डे फुटबल क्लब ईन्डियालाई ६-१ ले पराजित गर्दै  मच्छिन्द्र फुटबल क्लब काठमाडौं  सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको २१ औं मिनेटमा मच्छिन्द्र क्लबको तर्फबाट बिमल घर्ती  मगरले गोल गर्दै बिजयको खाता खोलेको थियो । त्यस लगत्तै  मछिन्द्रकै विशाल राईले खेलको २९ औ मिनेटमा गोल गर्दै टिमलाई खेलको अग्रता दिलयेका थिए।  ४९ औं मिनेटमा मछिन्द्रकै रेजिन सुब्बाले तेस्रो गोल गरेका थिए भने अन्द्रेस निअको पासमा बिशाल राईले ब्यातिगत दोश्रो र टिमको तर्फबाट चौथो गोल गरेका  थिए ।  बिमल घर्ती  मगर रेजिन सुब्बाको पासमा खेलको ८० मिनेटमा ब्यातिगत दोस्रो र अन्द्रेस निअको पासमा तेस्रो र टिमको लागि छैटौं गोल गर्दै बुढासुब्बा गोल्डकप २०७६ को पहिलो ह्याटि्रक गोल कर्ता बन्न सफल भए ।
खेलको ८८ औं मिनेटमा बिशाल राइले गोल प्रहार गर्न खोज्दा खोज्दै गोल पोस्टबाट बल आउट भएपछि ह्याटि्रकबाट भने विशालले सकेन । सन्डे  फुटबल क्लब इन्डियाले बारबार गोल पोस्टमा गोल प्रहार गरे पनि  गोल खेर गयो । खेलको ८३ औं  मिनेटमा मछिन्द्रको खेलाडीले पिट्टर स्यओले गरेको फललाई अवसर बनाउदै सन्डे फुटबल क्लबको सन्जय थुरिले फ्री किक मार्फत  गोल गरे । खेलमा सन्डे फुटबल क्लब इन्डियालको खेलाडी बुलेट, बाबुलाल, सुजोय जसन कडि, गुड्डुले निकै राम्रो प्रदर्शनी गरे पनि हारबाट बच्नुको लागि कुनै चमत्कारी गोल भने गर्न सकेन । खेलमा ह्याटि्रक गर्दै मछिन्द्र फुटबल क्लबको खेलाडी बिमल घर्ती मगरले म्यान अफ द म्याच घोषित हुँदै नगद रु १५,००० मेडल  प्राप्त गर्दा सन्डे फुटबल क्लब इन्डियाको सञ्जय थुरिले बेस्ट गोल अफ द डे घोषित हुँदै  नगर रु ५,००० मेडल प्राप्त गरेको थिए ।
आजको खेलसँगै बुढासुब्बा गोल्डकपको क्वाटर फाइनल गेम सकिए छ । भने सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब काठमाडौसँगै नेपाल पुलिस फुटबल क्लब काठमाडौ, मनाङ मरस्याङ्दी फुटबल काठमाडौ र युके एफ सि खर्साङ इन्डिया प्रेबस गरेको छ ।
भोलि सेमिफाइनलको पहिलो खेल युके एफ सि खर्साङ र मनाङ मरस्याङ्दी फुटबल क्लब काठमाडौको हुने छ ।

२०७६ फाल्गुन १३, मंगलवार १५:२९ गते 1 Minute 236 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार