
मोरङ । सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितीले आज (आज फागुन १३) नगरको हिउँदे अधिबेशनबाट जोतभोगको आधारमा जग्गाधनी पुर्जा वितरण गर्न पथरीशनिश्चरे नगरमा ध्यान आकर्षन पत्र बुझाएको छ ।
समितिको अध्यक्ष जहरमान लिम्बू, उपाध्यक्ष मानबहादुर बिक, सचिव देबेन्द्र वनेम लगायतको टोलिले नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्टलाई संयुक्त रुपमा ध्यान आकर्षण पत्र बुझाएका हुन । पथरीशनिश्चरे नगरपालिकाको हिउँदे नगर सभा आगामी फागुन १६ र १७ गते बस्दै छ । उक्त अधिबेशन भोगको आधारमा सुकुम्बासीलाई धनिपुर्जा वितरणको निर्णय गर्न उक्त पत्रमा उल्लेख छ ।
संघीय संसद र राष्ट्रिय सभाबाट पारित भएको संसोधित भूमी ऐन दफा ५२ ख उपदफा (५)मा उल्लेख भएको २५ प्रतिशत दस्तुर घटाउन पहल गर्नु पर्ने उल्लेख छ । नगर क्षेत्रमा २०३५/०३६ देखि बसोबास सुरु भएको थियो । ढालफाड गरि बसोबास गरिसकेपछी २०४२/०४३ मा जग्गाधनी पुर्जा अर्कैले निकालेका थिए । त्यहा जग्गा एउटाको र भोग अर्कोको गरि दोहोरो स्वामित्व रहदै आएको छ । यधपी सुकुम्बासीहरुसँग ढालफाड गरेको बेलादेखिको घरधुरी कर तिरेको रसिद रहेको छ, सुकुम्बासीको पक्षमा सुकुम्बासी आयोग र अदालतको निर्णयहरु रहेपनी जग्गाको कर भने अर्कैले तिर्दै आएको छ ।
सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्या समाधान पहल नगर समितीले भोग गरि आएको जग्गा नाप नक्सा गरि धनीपुर्जा दिनुपर्ने उल्लेख छ । ध्यान आकर्षन पत्र बुझ्दै नगर प्रमुख दिलिपकुमार राईले पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाले संघीय भिमी भूमी व्यबस्था र तत्कालीन कानुन (हाल स्वास्थ) मन्त्रीलाई भेटेर ऐनमा भएको २५ राजस्व घटाउनु पर्ने, कमैयाले पाउने भनिएको ५ कट्टाबाट बढाएर १ बिगाहा बनाइनु पर्ने कुरा राखेको बताए ।
-अर्जुन जम्नेली राई
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।