२०८० चैत्र १७ शनिबार

डा.शर्माको लगानीमा नेपालमै पहिलो पटक सतार समुदायबाट डाक्टर बन्दै दिनेश

बिराटनगर । सतार समुदायका युवा दिनेश हस्दाले खर्च अभावमा मुस्किलले स्कुलको पढाई सके । राम्रो कलेजमा उच्च शिक्षा हासिल गर्नु उनका लागि धेरै परको कुरा, जेनतेन किताव कपी किन्ने खर्च जुटाउँनसमेत नसक्दा पढाई नै छोड्नुपर्ने अवस्था थियो । अर्काकोमा अधियाँ खेति गरेर जसोतसो जिविकोपार्जन गर्दै आएको हस्दा परिवारले दिनेशको पढाईमा खर्च गर्न नसक्नु स्वभाविक थियो ।

तर, आर्थिक अभावका कारण सामान्य पढाईमै समस्या बेहोर्दै आएका हस्दाले अहिले चिकित्सा जस्तो महंगो एवं स्तरीय शिक्षा पढ्ने अवसर पाएका छन् । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले उनलाई निःशुल्क एमवीवीएस पढाएर डाक्टर बनाउँदैछन् । मोरङको पथरीशनिश्चरे घर भएका २८ बर्षीय हस्दाका लागि पढाई मात्र नभई आवश्यक सम्पूर्ण खर्च डा.शर्माले नै दिदै आएका छन् ।

निःशुल्क पढ्न, बस्न, खान र लत्ता कपडासहित आवश्यक अन्य खर्चको व्यवस्थासमेत डा.शर्माले नै मिलाईदिदा डाक्टर बन्ने अवसर पाएको भन्दै हस्दाले खुःशी व्यक्त गरे । ‘गरिब परिवारमा हुर्किएको मसँग भविष्यमा के गर्ने भन्ने केहि योजना नै थिएन । पैसा नभएपछि योजना मात्र बनाएर पनि के गर्नु ?’ बिगत सम्झदै उनले भने ‘भगवान नै प्रकट भएजस्तो गरी सुनिल सरले मलाई अकल्पनिय अवसर मिलाईदिनुभयो ।’

दिनेश र डा.शर्मावीच कुनै नाता छैन, चिनजान पनि थिएन । बिगतमा गरिविको तितो अनुभव भोगेका डा.शर्माले हस्दालाई पनि आफनो बिगतसँग तुलना गरे । अनि उनलाई सतार समुदायको पहिलो डाक्टर बनाउँने अठोट लिएर डा.शर्माले दिनेशमाथि लगानी गरे । ‘गरिबले पनि डाक्टर बन्न पाउँनुपर्छ भनेर मैले पिछाडिएको समुदायबाट छानेर दिनेशलाई सहयोग गरेको हुँ ।’ डा.शर्माले भने ।

नोबेल मेडिकल कलेजमा साँढे ५ बर्षे एमवीवीएस कोर्षको अन्तिम बर्षमा अध्ययन गर्दै आएका दिनेशको एमवीवीएस पढाई अव केहि महिनामै सकिदैछ । सम्भवतः सतार समुदायको पहिलो डाक्टर दिनेश हुँदैछन् । दिनेशको पढाईसहित सम्पूर्ण खर्चको हिसाव गर्ने हो भने डा.शर्माले उनका लागि झण्डै एक करोड हाराहारी लगानी गरिसकेका छन् । उनलाई बिज्ञान संकायमा प्रविणता प्रमाणपत्र तह पनि डा.शर्माले नै पढाएका हुन् ।

डा.शर्माले हस्ता जस्तै अन्य गरिब, बिपन्न तथा पिछडाबर्गका तीन सय भन्दा बढी बिद्यार्थीलाई निःशुल्क पढाएका छन् । समाजसेवामा सक्रिय डा.शर्माले बिपन्न तथा पिछडाबर्गका बिद्यार्थी र गरिब तथा असहाय बिरामीलाई सहयोग गर्ने उदाहरणीय काम गरेर प्रशंसा पाउँदै आएका छन् ।

२०७६ फाल्गुन १३, मंगलवार १५:५६ गते 0 Minutes 54 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार