
-मिलन चामलिंग राई
सुनसरी । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कपको फाइनलमा मनाङ मर्स्याङदी क्लब काठमाडौं प्रवेश गरेको छ । खेलको १८ औं मिनेटमा मनाङका बिमल रानाले पहिलो गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यस्तै, इन्जुरी टाइममा मनाङकै खेलाडी दयानन्द सिंहले हेडिङमार्फत गरेको गोलले मनाङ २–० गोल अन्तरले विजयी हुँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
आज सम्पन्न पहिलो सेमीफाईनल खेलमा युकेएफसी खर्साङ भारतलाई २-० गोल गरि मनाङ मर्स्याङदी क्लब काठमाण्डौ फाईनलमा प्रबेश गरेको हो । खेलको पहिलो हाफको १८ औं मिनेटमा मनाङ मर्स्याङदी क्लबका खेलाडी बिमल रानाले पहिलो गोल गरेका थिए भने अन्तिम ईन्जुरी टाईममा मनाङकै खेलाडी दयानन्द सिँहले गरेको हेडीङ गोलमा परिणत भए पछि मनाङ २-० गोल अन्तरले युकेएफसी खर्साङ भारतलाई पराजित गरि २२ औं बुढासुब्बा गोल्डकपको फाईल खेलको यात्रा तय गरेको हो ।
निर्धारित खेल समयमा युकेएफसी खर्साङ भारतले मनाङलाई निकै दबाबमा राखे पनि गोल गर्ने मौका भने चुकाएको थियो । आजको खेलमा युकेएफसी खर्साङका वाङ्देन तामाङ, बिरेन प्रधानले पहेलो कार्ड पाएका थिए भने मनाङ मर्स्याङदी क्लब काठमाण्डौका बिमल राना, अन्जान बिष्ट, आदित्य चौधरीले पहेलो कार्ड पाएका थिए ।
आजको खेलको उत्कृष्ट गोलकर्ता मनाङ मर्स्याङदी क्लब काठमाण्डौका दयानन्द सिँह घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी आजको खेलको म्यान अफ द म्याच युकेएफसी खर्साङका आषिश देवान घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे ।