२०८० आश्विन ११ बिहीबार

संखुवासभामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

संखुवासभा। नोबेल शिक्षण अस्पतालले संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङ्गखुरुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालय, न्यौपाने कुलबंश समाज र न्यौपाने बन्धु समाजसँगको सहकार्यमा सञ्चालित शिविरबाट १ हजार १ सय ३० जना बिरामीको निःशुल्क उपचार गरिएको छ ।

शिविरमा ३ सय ४१ जनाको भिडियो एक्सरे, २ सय ३ जनाको ल्यावटेष्ट र १ सय ५४ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शरिरमा गाँठागुँठी पलाएका २४ जना र आँखामा समस्या भएका २१ जनाको शिविरमा सामान्य शयक्रियासमेत गरिएको छ ।

गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेल अस्पतालले पूर्वी नेपालका बिभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसैवीच शुक्रबार संखुवासभाको खाँदवारी र आइतबार भोजपुरको गोगनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ ।

२०७६ फाल्गुन १५, बिहीबार १४:४३ गते 0 Minutes 36 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार