२०८० जेष्ठ १८ बिहीबार

मछिन्द्रलाई ट्राइ बेकरबाट हराउदै पुलिस उपाधिको नजिक 

-मिलन चाम्लिङ 
धरान / धरानमा जारी २२औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपमा मछिन्द्र फुटबल क्लब काठमाडौलाई ट्राइबेकरमा हराउँदै नेपाल पुलिस कल्ब काठमाडौ उपाधी नजिक पुगेको छ । आज भएको मिछिन्द्र फुटबल क्लब काठमाडौ  र नेपाल पुलिस फुटबल क्लब काठमाडौ बिच भएको खेलमा दुबै टिमले निर्धारित समयमा गोल गर्न नसके पछि खेल ट्राइ बेकरमा परिणत भएको थियोे ।
पुलिसको तर्फबाट पेनाल्टी हानेको भोला सिलवाल,पदम भट्टराई ,तिर्थ राना मगर ,जुमानु राई, कपिल ढकालले प्रहार गरेको बल गोलमा परिणत हुँदा सुमन सुबेदीले प्रहार गरेको बल खेर गएको थियो । त्यसै गरि मछिन्द्रको तर्फबाट बिमल घर्ती मगर, रन्जित धिमाल,बिजय धिमाल ,देबेन्द्र तामाङले प्रहार गरेको बल गोलमा परिणत हुँदा बिशाल राईले प्रहार गरेको बल खेर जाँदा खेलबाट बाहिरीएको हो ।
भने मछिन्द्र कै रन्जित धिमाल बेस्ट गोल अफ द डे हुँदै नगद रु पाँच हजारको साथमा ट्रफी प्राप्त गर्दा नेपाल पुलिस फुटबल क्लबको सन्जित श्रेष्ठ म्यान अफ द म्याच घोशीत हुँदै नगर रु पन्ध्र हजरको साथमा ट्रफी प्राप्त गरेको छ । खेलको अधिकाँश समय मछिन्द्रले पुलिसलाई दबाबमा राखे पनि गोल गर्न सकेन ।
मछिन्द्रका स्ट्राइकर रन्जित धिमालको बारबार कर्नर सुटबाट गोल गर्ने प्रयास गरेपनी पुलिसको मनिष थापाले गोल हुनबाट हेड्बल गर्दै जोगाएको थियो । त्यसै गरि मछिन्द्रकै रेजिन सुब्बाले खेलको ७० औं मिनेटमा लपोस्टमा गोल प्रहार गरेपनी गोलमा परिणत हुन सकेन । मछिन्द्र कै खेलाडी बिमल घर्ती मगरले खेलको विभिन्न समय गोल गर्न प्रयास गरे पनि गोल गर्नबाट चुके । नेपाल पुलिस फुटबल क्लबको जुमानु राईले गोल खेलको समयमा दुई पटक गोल पोस्टमा बल प्रहार गरेपनी गोलमा परिणत हुन सकेन ।

२०७६ फाल्गुन १५, बिहीबार १५:५६ गते 0 Minutes 18 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।