२०८० आश्विन ७ आईतवार

२२ औं अन्तराष्ट्रिय बुढाशुब्बा गोल्ड कपको उपाधी मनाङ

धरान । २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकपको ट्रफी मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौले उचालेको छ ।
आज भएको फाइनल फाइनल खेलमा ३–१ गोलको अन्तरले हराउदै मनाङले उपाधि जितेको हो । मनाङका जर्सी नं. १७ का दयानन्द सिहले पहिलो हाफको १० औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । त्यसै गरी १ दोस्रो हाफको ४ मिनेटमा निशान लिम्बुले दोस्रो गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा थपीएको ६ मिनेटको खेल अवधिमा बिमल रानाले थप १ गोल गर्दैै ३–१ को विजय हासिल गरेको हो ।

उपविजेता विभागिय टिम महेन्द्र पुलिसका भोला सिलवालले दोस्रो हाफको ६७ औ मिनेटमा पेनाल्टीबाट १ मात्र सान्तवना गोल गरेका थिए ।
आजको खेलमा नगद रु. ५ हजार सहित बेस्ट गोल अफ द डे को उपाधि विमल राणाले प्राप्त गरे । खेलको म्यान अफ द म्याच मनाङका अन्जन विष्ट भए उनले नगद रु. ५ हजार प्राप्त गरे । मनाङका विजेताले नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछ ।

धरानमा सम्पन्न हुने बुढासुब्बा गोल्ड कपमा मनाङको यो चौथो उपाधी हो । २२औ अन्तराष्ट्रिय आमन्त्रण बुढाशुब्बा गोल्डकप समापन कार्यक्रमको प्रमुख अतिथी १ नं. प्रदेश मूख्यमन्त्री शेरधन राई रहेका थिए ।

२०७६ फाल्गुन १७, शनिबार १५:०४ गते 0 Minutes 232 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार