
-अर्जुन जम्नेली राई
मोरङ । पथरीशनिश्चरे नगरपालिका मोरङमा रहेको भूपू सैनिक अग्रेजी स्कुलले मन्टेस्वरी भवन उद्घाटन, समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरि २२ औं वार्षिक उत्सब मनाएको छ ।
भूपू सैनिक अग्रेजी स्कुल नगरकै एक मात्र सार्वजनिक गुठी सस्थानको रुपमा चल्दै आएको सस्था हो । वार्षिक उत्सबको अवसरमा १२ लाखको लागतमा निर्माण भएको मन्टेस्वरी भवनको कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश सांसद सुयर्मा राईको हातबाट उद्घाटन भएको छ । सोही अवसरमा पथरीशनिश्चरे नगर घर भएका हिन्दू धर्मको पहिलो महिला संकरचार्य हेमानन्द गिरी, शिक्षा सेवि प्रदिपकुमार राई, चित्र लेख्ने कलाकार सरोजा खड्गीलाई स्कुलले सम्मान गरेका हुन ।
स्कुलका असल अभिभावकको रुपमा रुद्रबहादुर गुरुङ, प्रेम चोम्वाङ, प्रेम गुरुङ, तारा लावती, रमेश कोइराला, गोपाल नेपाली, शुभचन्द्र राई समानित भएका हुन । त्यसैगरी असल शिक्षकको रुपमा भवानी तिम्सिना र शान्ती मगरलाई कदर पत्र प्रदान गरिएको स्कुलको पृन्सिपल उपेन्द्र कडेलले बताए । स्कुल व्यवस्थापन समितिको अध्यक्ष कुलबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का सांसद सुयर्माराज राई, संविधान सभा सदस्य चण्डीप्रसाद राई, प्रदेश सांसद कृष्णा राई, नगरप्रमुख दिलिपकुमार राई, हेमानन्द गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्कुलको गत शैक्षिक सत्रमा प्रथम, दोश्रो र तेश्रो हुने विध्यार्थीहरुलाई पुरस्कार वितरण तथा विधार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।