२०८० जेष्ठ १७ बुधबार

रेडस्टार स्कुलले २४ औं बार्षिक उत्सव मनाए

मोरङ । विभिन्न व्यक्तिहरुलाई सम्मान, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरेर मोरङको पथरीशनिश्चरे–२, स्थित रेडस्टार आवासीय माध्यमिक विद्यालयले आफ्नो २४ औँ बार्षिकोत्सव मनाएको छ ।

विद्यालयले गत शैक्षिक सत्रमा कक्षा ११ सम्मका प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई प्रमाण पत्र, मेडल र ट्रफिले पुरस्कृत गरेका थिए । विद्यालयको निर्देशक तथा प्रिन्सिपल टि. एन तिम्सिनाले स्कुलमा कक्षा ११ र १२ मा व्यावस्थापन संकाय संचालन गरेको छोटो अवधिमा उल्लेख्य प्रगति गरेको बताए ।

विद्यार्थीहरुले परीक्षामा प्राप्त गरको नतिजा विदेशमा रहेर समेत हेर्न सकिने मोवाईल एप निर्माण गरेको, मापदण्ड अनुसारको स्कुलको भवन निर्माण रहेको पताए । भलिबल, फुटबल लगायतको क्रियाकलापमा स्कुलले राम्रो गर्दै आएको विवरण प्रिन्सिपल तिम्सिनाले पेस गरेका थिए ।

कार्यक्रमको प्रमुख अथिति नगरप्रमुख दिलिप कुमार राईले विद्यायलयको थप प्रगतिको शुभकामना व्यक्त गर्दै सैद्धान्तिक शिक्षण पद्धति भन्दा पनि आधुनिक र व्यावहारिक शिक्षण सिकाईमा क्रियाकलापमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा लेटाङमा आयोजित कार्यक्रममा प्रिन्स उपाधी जितेकी पूर्व विद्यार्थी सुजता खतिवडालाई सम्मान गरिएको थियो । बार्षिक उत्सवको अवसरमा आयोजित खेलकुदमा विभिन्न विद्यामा विजेता विद्यार्थी तथा अभिभावकलाई पुरस्कृत गरिएको थियो । बार्षिक उत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक तथा अभिभावकलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा नगर वडा नम्बर १ अध्यक्ष बाबुराम लिम्बू, ४ को गोबिन्द भन्डारीको साथै सामाजिक, राजनीतिक व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा विध्यार्थीहरुले तयार पारेको गीत तथा नृत्यहरु प्रस्तुत गरेर उपस्थित विध्यार्थी र अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए ।

२०७६ फाल्गुन २०, मंगलवार १५:४७ गते 0 Minutes 11 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।