
बिराटनगर । सरकारले सञ्चालन गरेको बिपन्न नागरिक औषधि उपचार कार्यक्रमको १ नम्बर प्रदेश स्तरीय समिक्षा गोष्ठि बिराटनगरमा सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा आयोजना गरेको दुई दिने गोष्ठि मंगलबार सम्पन्न भएको हो ।
गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी सरकारले सञ्चालन गरेको कार्यक्रमको अवस्था बुझेर समिक्षा गर्ने उद्धेश्यले कार्यक्रम गरिएको महाशाखाका निमित्त निर्देशक कविता पाण्डेले जानकारी दिईन् । बिपन्न कार्यक्रममा सुचिकृत भएर उपचार सेवा प्रदान गर्दै आएका १ नम्बर प्रदेशका ८ अस्पतालका प्रमुख, बिपन्न कार्यक्रमका फोकल पर्सन र लेखा शाखा प्रमुखको सहभागितामा कार्यक्रम गरिएको हो । कार्यक्रममा अस्पतालका प्रतिनिधिहरुले आ–आफ्नो अस्पतालको बिपन्न कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरी सोहि प्रतिवदेनमाथि समिक्षा गरिएको छ ।
सरकारको यो कार्यक्रममा सुचिकृत स्वास्थ्य सस्थामार्फत बिपन्न बिरामीलाई मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारमा एक लाखसम्मको सहुलियत दिने गरिएको छ । त्यस्तै मृगौलाको डाईलाईसिस निःशुल्क गरिन्छ । मुलुकभरका ७२ अस्पतालमा यो सेवा उपलब्ध छ । १ नम्बर प्रदेशमा नोबेलसहित ८ अस्पतालले यो सेवा प्रदान गर्दै आएका छन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।