२०८० आश्विन ७ आईतवार

कोरोना संक्रमणको आशंकामा फेरि दुई जना टेकु अस्पताल भर्ना

काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको छ ।

कोरोना संक्रमणको आशंकमा दुई जनालाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।

बास्तोलाका अनुसार आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् ।

कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका ४ जना रिपोर्ट भने नेगेटिभ आएपछि चारै जनालाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ । डिस्चार्ज हुने चारै जना नेपाली नागरिक हुन् ।

डिस्चार्ज भएका एक जना चीनबाट र अर्का तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

२०७६ फाल्गुन २०, मंगलवार १६:०८ गते 0 Minutes 21 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार