२०८० जेष्ठ १८ बिहीबार

दक्षिणपूर्वी एसियामा कोरोना देखिएको भन्दै सतर्कता अपनाउन डब्लूएचओको आग्रह

काठमाडौं । भारत, इन्डोनेसिया र थाइल्याण्डले कोराना भाइरस (कोभिड १९ ) पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ ।

डब्लूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

डब्लूएचओले दक्षिण एसिया र दक्षिणपूर्वी एशियाका ११ वटा देशहरुलाई एउटा क्षेत्रमा समेटेको छ । ती देशहरुमा नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् ।

२०७६ फाल्गुन २२, बिहीबार ०६:२० गते 0 Minutes 14 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।