मोरङ । ब्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारको लागि मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कृयाशील पत्रकारहरुले आर्थिक संकलन गरेका छन । पत्रकार पौडेलको काठमाडौको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
उपचारको लागि ४० लाख बढी लाग्ने भएपछि आर्थिक अभियान चलिरहेको छ । उपचारमा सहयोग होस भन्ने उदेश्यले बुधबार पथरीमा कृयाशिल पत्रकारहरुले आ-आफैबाट सहयोग संकलन गरेका हुन । सहयोगको लागि अर्जुन जम्नेली राई, मोहन भट्टराई, सन्तोष राई, दिनेश सुब्बा,बभिमराज अधिकारी, केशव निरौला, राजकुमारी तामाङ, अर्पणा केसी, कुमार खड्का, एलिना दियाली, भूमी पठक, गोपाल काफ्लेले रकम संकलन गरेका हुन ।
त्यसैगरि विवेक न्यौपाने, ईस्वर दुलाल, सरोज निरौला, सनम रोका, अर्जुन काफ्ले, प्रेम केडि भट्टराई, डम्बर सिन्चुरी लगायतले स्वतह स्फूर्तरुपमा रकम संकलन गरेका हुन । संकलन भएको १५ हजार रुपैया उपचार कोषको खातामा पठाइने पत्रकार महासंघ मोरङको सहसचिव शन्तोष राईले बताए ।

तस्वीर : अर्जुन जम्नेली
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।