काठमाडौँ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सन्त्रास नेपालमा पनि फैलिएको छ । सौभाग्य भन्नुपर्छ, अहिलेसम्म नेपालमा यसको संक्रमण फैलिन पाएको छैन । तर यतिमै ढुक्क भएर बस्न सकिने अवस्था नरहेको भन्दै चिकित्सकहरुले एक महिना सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेका छन् ।
चिकित्सकहरुले सार्वजनिक बिदा दिएका खण्डमा विद्यालय, कलेजमा पढ्ने विद्यार्थी तथा कर्मचारी, कार्यलयमा कार्यरत कर्मचारी लगायत आ आफ्नो घर जाने भएकाले काठमाण्डौ सुरक्षित राख्न सकिने भन्दै सरकार समक्ष सार्वजनिक बिदाको लागि आग्रह गरेको बताइएको छ ।
शुरूमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि उनी निको भइसकेको दाबी सरकारी पक्षको छ । त्यसयता कोरोनाको आशंकामा अस्पताल भर्ना भएकाहरूलाई कोरोनाको संक्रमण नपाइएको बताइएको छ ।
यसैबिच, शिक्षा मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन र सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न मन्त्रालयले निर्देशन पनि दिएको छ। सरकारले स्कुलको वार्षिक परिक्षा चैत्रको ५ भित्र सक्नपनि निर्देशन दिइसकेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।