
भोजपुर । भोजपुरमा नेत्र विक्रम चन्द विप्लव समुहका जिल्ला सदस्य पक्राउ परेका छन् । टेम्केमैयूङ गापालिका १ तिम्मा घर भएका ३३ बर्षिय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीले परियालाई गत बुधबार राति हातहतियार सहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको हो । परियारको साथबाट बम बनाउन प्रयोग गरिने डेटोनेटर दूईथान, थ्रिनट थ्री राईफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड प्रहरीले बरामद गरेको छ ।
साथै परियारको साथबाट पार्टीको केही दस्तावेज समेत बरामद भएको भोजपुुरका प्रमुख जिल्ला अधिकारी बशन्तराज पुरीले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।