२०८० आश्विन ११ बिहीबार

गोरखामा भाइरल ज्वरोले ४० विद्यार्थी बिरामी

गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटको प्रभा माध्यमिक विद्यालयका ४० भन्दा बढी विद्यार्थीमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । उनीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र राज धितालले बताए ।

प्रधानाध्यापक धितालका अनुसार कक्षा ६-८ का विद्यार्थीमा यस्तो समस्या बढी देखिएको छ । ‘करिब १०/१२ दिन भयो समस्या देखिएको,’ उनले भने, ‘तर गत सोमबारबाट भने अलि बढीनै रुपमा फैलियो ।’

सूचना पाएसँगै स्कुलमै पुगेर विद्यार्थीहरुको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । ‘हामीले मंगलबार मात्रै जानकारी पायौं, थाहा पाएलगत्तै विद्यालयमै पुगेर उपचार समेत गर्‍यौ,’ उनले भने ।

दवाडीका अनुसार विद्यार्थीमा ज्वरो आउने, रुघाँखोकी लाग्ने तथा घाँटी र छात्ती दुख्ने समस्या देखिएको हो ।‘भाइरल ज्वरोको लक्षण हो यो, त्यसैले आत्तिन पर्ने केही छैन, सरसफाइ र खानपानमा ध्यान दिए पुग्छ,’ उनले भने ।

सरुवा रोग भएकाले पनि धेरैमा यो समस्या देखिएको दवाडीले बताए । साविकको खरिबोट गाविसको खिम्पु, ओलाङ र अपुनका बालबालिकामा यो समस्या बढी देखिएको उनको भनाइ छ । झोलिलो खानेकुरा खान र सरसफाइमा ध्यान दिन उनले सुझाव दिएका छन् ।श्रोत सामग्री : अनलाइन 

२०७६ फाल्गुन २२, बिहीबार १२:०१ गते 1 Minute 25 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार