
धरान । अखिल नेपाल महिला संघ (अनेम संघ) धरानले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर कोरोना भाइरस विरुद्ध सचेतना अभियान सुरु गरेको छ ।
धरान उपमहागरपालिका वडा नं. ७ को सहकार्यमा अनेम संघले धरानको ७ नं. वडामा कोरोना भाईरसका बारेमा जानकारी लेखिएको पर्चा बाड्न सुरु गरेको हो । बिहीबार धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले कार्यक्रम सुरु गर्दै कोरोनाबाट बच्न सरकार सतर्क भइसेको भन्दै नागरिक पनि सचेत हुन आवश्यक रहेको बताए । उहाँले चीनबाट सुरु भएको कोरोना भाईसको संक्रमणको जोखिम नेपालमा उच्च रहेको भन्दै अनेम संघले सुरु गरेको अभियानमा सम्पूर्ण नागरिक सहभागी भइ सचेत हुनुपर्ने बताए ।
अनेम संघ सुनसरीकी कार्यवाहक उपाध्यक्ष बेणु काफ्लेले यसपटक कोरोना भाईरसको संक्रमणबाट विश्व नै आजित भएको भन्दै सभा सम्मेलन नगरिएको बताउनु भयो । उहाँले हरेक वर्ष मार्च ८ मा मनाइने अन्तराष्ट्रिय नारी दिवसमा यस पटक कोरोना विरुद्ध सचेतना अभियान चलाइएको बताउनु भयो । उहाँले ७ नं. वडा धरानको बजार क्षेत्र भएकोले कार्यक्रम ७ नं. बाटै सुरु गरेको र सबै वडामा आफुहरु पुग्ने बताए ।