
-अर्जुन जम्नेली राई
मोरङ । मोरङको इलाका प्रहारी कार्यालय पथरीमा थुनुवाहरुको लागि तेलिभिजन सेट राखिएको छ । थुनुवाहरुको मनोरञ्जन तथा सूचना लिन पाउने अधिकार र सुविधाको ख्याल गर्दै हिरासद भित्र टेलिभिजन सेट राखिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए ।
थुनुवाहरुको सुविधाको लागि टेलिभिजन सेट राख्ने योजना बनेपछि पथरीको भुल्के यातायात कम्पनीको प्रायोजनमा टेलिभिजन सेट राखिएको हो । यसैगरी उर्लाबारी नगरपालिकाले पनि इलाका प्रहरी कार्यालय उर्लाबारीमा दुई वटा टेलिभिजन सेट उपलब्ध गराएको नगर प्रमुख खड्ग फागोले बताए । टेलिभिजन राखिएपछि थुनुवाहरुले गीत, नृत्य, समाचार लगायतको कार्यक्रमहरु हेर्न पाएका छन ।
पथरी प्रहरी कार्यालयहरुमा थुनुवाहरुको ईच्छा अनुसार पत्रपत्रिका पढ्ने सुविधा पनि दिइन्दैको छ । थुनुवाहरुको सूचना लिने अधिकार मानवाधिकार भित्र परेपनी कतिपय बिषय अवस्था र कार्यालय प्रमुखमाको कार्यक्षमता तथा प्रविर्तीमा फरक पर्दछ । केही बर्ष अगाडि पथरीको युवा टेकेन्द्र लिभाङको टोलिले थुनुवाहरुको लागि पुस्तक वितरण गरेका थिए ।
इलाका प्रहरी कार्यालय पथरीमा थुनुवा कोठामै एटेज शौचालय र वाथरुम समेत रहेको छ । गर्मी यामको लागि फेन जोडिएको छ । यहाँको थुनुवा कोठा अन्य स्थानको भन्दा तुलनात्मक हिसावले सुविधा सम्पन्न रहेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।