२०८० मंसिर १४ बिहीबार

शासनमा महिला चाहियोः उप-प्रमुख विष्ट

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट बास्तोलाले महिलालाई आशन, भाषणमा मात्र नभएर शासनमा पुग्न, पु¥याउनु पर्ने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, १ नम्बर प्रदेश, मोरङ जिल्ला र पथरीशनिश्चरे नगरद्वारा (आज) आइतबार आयोजित ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा उपप्रमुख विष्टले सो कुरा बताएका हुन् । महिनालाई आशन ग्रहन, भाषण र देखाउनको लागि मात्र नभएर शासन सत्ता सञ्चालन गर्नको लागि अवसर दिनु पर्ने बताए ।

महिला जनप्रतिनिधिहरु कार्यालयको काम सकेर घरधन्दामा लाग्नु पर्ने र पुरुषहरु साँझको टेबल मिलाउने पुरानै परम्परा रहेको बताए । जुनसुकै पार्टी, जाति र धर्म मान्ने पुरुषहरु बेलुकाको टेबल मिलाएपछि सवैकुरा मिल्ने गरेको उपप्रमुख विष्टको भनाइ थियो ।

महिला जनप्रतिनिधिहरुलाई अझैपनि कर्मचारीले समेत नपत्याउने गरेकोले महिलाहरु एकजुट भएर विभेद विरुद्ध आवाज उठाउनु पर्ने बताए । मुद्धा फैसला गर्ने, राजस्व निर्धारण गर्ने र अनुगमन जस्तो महत्वपूर्ण कार्यहरु उपप्रमुखको जिम्मा रहेकोले सम्पूर्ण महिलाहरुले कार्यकुसलता प्रस्तुत गर्नुपर्ने बताए ।

र्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, पथरीशनिश्चरे नगर समितिको अध्यक्ष रविन राईको सभापतित्वमा भएको कार्यक्रममा महासंघ १ नम्बर प्रदेश समितिको सचिव अग्नि पौडेल, मोरङ जिल्ला महासंघको उपाध्यक्ष शुभद्रा भट्टराई हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगर लगायतले शुभकामना दिएका थिए ।

-अर्जुन जम्नेली राई

२०७६ फाल्गुन २६, सोमबार ०७:११ गते 1 Minute 40 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार