२०८० मंसिर २४ आईतवार

नोबेलद्वारा झापामा निःशुल्क स्वास्थ्य शिविर

झापा। नोबेल शिक्षण अस्पताल बिराटनगरले झापाको कञ्चनकवलमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शिविर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नेता सिटौलाले स्वास्थ्य शिविरबाट गरिब तथा बिपन्न बिरामीलाई प्रत्यक्ष फाईदा पुग्ने धारणा राखे ।

नेपाली कांग्रेस कचनकवल गाउँ समितिसँगको समन्वयमा सञ्चालित शिविरबाट २ हजार ३ सय २५ बिरामीले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । शिविरमा सामान्य शल्यक्रियासमेत गरिएको छ । आँखामा समस्या भएका १३ जना र शरिरमा गाँठागुठी पलाएका ११ जनाको सामान्य शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा ४ सय ४३ जनाको भिडियो एक्सरे, ४ सय ११ जनाको ल्याव टेष्ट र २ सय ५३ जनाको ईसीजी गरिएको छ । बिरामीहरुको स्वास्थ्य परिक्षण गरी औषधिपनि निःशुल्क वितरण गरिएको थियो ।

गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालका बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । केहि दिन अघि भोजपुर र संखुवासभामा पनि शिविर सञ्चालन गरी हजारौं बिरामीको निःशुल्क उपचार गरिएको थियो ।

२०७६ फाल्गुन २६, सोमबार ११:२२ गते 0 Minutes 58 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।