२०८० आश्विन १२ शुक्रबार

राई विद्यार्थीको पथरी क्याम्पसमा थिलेन

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेको पथरी बहुमुखी क्याम्पसमा भएको किरात राई विद्यार्थी संघको दोस्रो इकाई सम्मेलनले थिलेन राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ ।

बुधबार (२८ फागुन)भएको सम्मेलनले उपाध्यक्षमा अनिता राई, सचिवमा रिना राई, सहसचिवमा लक्ष्मण राई र कोषाध्यक्षमा बिना राई चयन भएका छन् । समितिको सदस्यहरुमा अरुण राई, निशु राई, टिकामाया राई, शर्मिला राई, सुस्मा राई, निर्जला राई, कविता राई, मिना राई, विनिता राई, पुनम राई, कला राई, अस्मिता राई, उमेश राई, रिमा राई र सिमा राई सर्वसहमत चयन भएका हुन् ।

राई विद्यार्थी संघका पुरानो समितिका अधिकांश पदाधिकारी र सदस्यहरु क्याम्पसको अध्ययन पुरा अरेर निस्कि सकेकाले केन्द्रीय परिषद सदस्य तथा इकाई समितिको सहसचिव निता कुलुङ राईको सभापतित्वमा सम्मेलन समापन भएको हो ।

सम्मेलनको उद्घाटन सत्रमा संघको पूर्व केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य सागर राई, केन्द्रीय परिषद सदस्य तथा मोरङ जिल्ला सचिव सरोज राई, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पथरी बहुमुखी क्याम्पस सभापति गोपाल साम्बा लिम्बू, किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति सहसचिव उमेश राई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

यायोक्खा केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका कार्यक्रमको प्रमुख अथिति अर्जुन जम्नेली राईले इतिहास, भूगोल र सभ्यताको आधारमा प्रदेश १ को नाम किरात राख्न युवा विद्यार्थीहरु थप सक्रीय हुनुपर्ने बताए ।

स्ववियु सभापति गोपाल साम्बा लिम्बूले प्रदेश १ को नाम किरात रहँदा लिम्बूहरुको चित्त दुख्नु नहुने बताए । प्रदेशको नाम किरात राख्न पहल गर्नुपर्ने भन्दै सभापति लिम्बूले किरात लिम्बू लगायत भूगोलबासीहरुको साझा हुने तर्क प्रस्तु्त गरे ।

२०७६ फाल्गुन २८, बुधबार ०५:२८ गते 0 Minutes 22 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार