
मोरङ । घुस लिएको समाचार आएपछि खुलासा गर्नेलाई घरैबाट ल्याएर इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीकै अगाडि कुटपिट गरेको पीडितले बताएको छ ।
घरायसी झगडाको बिषयमा गत फागुन ११ गते पथरीशनिश्चरे—३, सिर्जना चोजको गोजबहादुर राईलाई प्रहरीले पक्रेको थियो । राई पक्राउ परेको भोली पल्ट छुटेका थिए । छुट्ने क्रममा पाँच हजार रुपैया घुस प्रहरीले लिएको विषयमा विभिन्न अनलाइनहरुमा समाचार आएको थियो ।
समाचार आएपछि डीएसपी दिलिपकुमार गिरीको निर्देशनमा आज (फागुन २९) गते जोगबहादुर राईलाई प्रहरीले पुन इलाका प्रहरी कार्यालय ल्याएका थिए । इलाका ल्याएर धम्किपूर्ण भाषामा प्रस्नहरु गर्नेक्रममा आफूलाई तीन झापड हानेको पीडित राईले बताए । यद्यपि ५ हजार रुपैयाँ आफूबाट प्रहरीले लिएको कुरा डीएसपी गिरीलाई बताएको राई जानकारी दिए ।
डीएसपी गिरीले प्रहरीले भने पैसा लिएको समाचार आएपछि पाँच घण्टा लगाएर सीसीटिभी फुटेज हेरेको कसैले पैसा लिएको नदेखिएको बताए । ल्याएर सोध्ने क्रममा राईले घरी भित्र र घरी बाहिर पैसा लिएको दोधारे कुरा गरेको गिरीको भनाइ छ । प्रहरीको मनोबल गिराउन समाचार लेखिएको गिरीको भनाइ छ ।
डीएसपी दिलिपकुमार गिरी आएपछि शान्ति सुरक्षा, चोरी नियन्त्रण भन्दा बढी मापासे चेकजाँचको नाममा ‘दादागिरी’को रुपमा प्रस्तुत हुन थालेपछि स्थानीयबासी रुष्ट बन्दै गएका छन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।