
मोरङ । किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राईले १ नम्बर प्रदेशको नाम किरात राख्न आन्दोलनको आँधिबेहेरी सिर्जना गर्नुपर्ने बताएका छन् । किरात राई विद्यार्थीहरुको आधिकारिक संगठन किरात राई विद्यार्थी संघको केन्द्रीय परिषद बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सभामा बोल्दै उपाध्यक्ष राईले सो कुरा बताएका हुन ।
दुई दिनसम्म चल्ने बैठक तथा प्रशिक्षण कार्यक्रम सुक्रबार सुनसरी धरान स्थित यायोक्खाको सभा हलमा सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका राईले किरात राई यायोक्खाले हालसम्म सांकेतिक रुपको आन्दोलन गर्दै आएकोले अव भने शसक्त आन्दोलन गर्ने अवस्था आएको बताए । किरात कुनै जातिको नभएर इतिहास, भूगोल र सभ्यता भएकोले सबैलाई सर्व स्वीकार्यहुने राई भनाइ थियो ।
कार्यक्रमको बिषेश अतिथि किराया केन्द्रीय सचिव तथा संघको पूर्व अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेशको नामकरणको लागि संघ शसक्त ढंगले लाग्नु पर्ने बताए । किराया केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहेका जम्नेलीले नेपाली राजनीतिक सामाजिक परिवर्तनमा राई समुदायको कुनै कमि नभएको उल्लेख गर्दै संघले समानुपाति/समावेशी राज्य व्यवस्था कायम निरन्तर लाग्नु पर्ने बताए ।
संघ भित्रको विवाद बारे खोटाङ सम्मेलन विधि सम्बद्ध सवै प्रकृया पुगेर समिति गठन भएकोले रहरले बाहिरबाहिर हल्ला गर्नु उचित नभएको तर्क गर्दै समुदायको लागि काम गर्नु भनेर स्वच्छ मनले आए योगदान र योग्याता अनुसारको जिम्मेवारी केही घण्टा भित्रै दिन सकिने राईको भनाइ थियो । संगठन विचार, काम गर्ने गति तथा प्राविधिक कारण फुट्ने गरेपनि संघमा रहेका केही व्यक्तिहरुको रहरले गठन भएको उनको आरोप थियो ।
संघको केन्द्रीय अध्यक्ष जितेन राईको सभापतित्वमा भएको कार्यक्रम महसचिव रविन राईले सञ्चालन र उपाध्यक्ष शन्तोष मुक्मिन राईले स्वागत गरेका थिए।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।