
-अर्जुन जम्नेली राई
मोरङ । मोरङको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलिपकुमार गिरीले शान्ति सुरक्षाको नाममा आवश्यक भन्दा बढी सास्ति दिने गरेको गुनासो बढ्दै गएको छ ।
पथरी प्रहरी प्रमुख गिरीले चोरी नियन्त्रण लगायतको शान्ति सुरक्षा भन्दा बढी मादक पदार्थ सेवन (मापासे) चेकजाँचको नाममा ‘दादा गिरी’ शैलि प्रस्तुत गर्न थालेको गुनासो बढेको हो । पथरी बजारमा दैनिक जसो हुने चेकजाँचमा डिएसपी गिरी आफै सडकमा हुनु सकारात्मक कुरा हो ।
पासासे चेकजाँचमा आफै उभिने डिएसपी गिरीको सावारी चालकलाई ‘गुन्डा गर्दी’ शैलीको ब्याबहार प्रति भने गुनासो बढेको हो । दुई हप्ताअघि पथरी स्थित सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिको वनभोज थियो ।
वनभोजबाट फर्केर बुद्दचोक स्थित कार्यालयमा राखिएको मोटरसाइकल लिएर घर फिर्दै गर्दा लर्डबुद्द सहकारीको कोषाध्यक्ष दोर्ण खड्कालाई डीएसपीको टोलीले भेटे । ‘मलाई मापासे गरेको छौ भनेर सोधियो, मैलो दिउसो २ बजे खाको भने ।’ त्यसपछि डीएसपी गिरीले बाइक छोड्न भनेपछि मैले बाइक छोडेको भर्पाइ माग गरे तर दिएन् । बेलबारी इलाका प्रहरी कार्यालय यस्तै हुदा बाइक पेट्रोल र व्याट्री झिकिएको आवस्था थियो । बाइक भर्पाइ नदिदा निक्कै बेर भनाभन भयो ।
हालसम्म मातेर दुर्घट्ना गराएको र सामाजिक रुपमा असहज पैदा गरेको इतिहास छैन खड्काले भने ‘मापासे क्लास लिन दुई दिनसम्म विराटनगर धाउनु प¥यो । यद्यपि डीएसपी गिरीले भने प्रहरीसँग आएको बाइकको एक थोपा तेल नझिकिएको बताए । गिरीले तेल र ब्याट्री झिकेको प्रमानित भए फाँसिको सजाय भोग्न तयार हुने बताए ।
त्यसैगरी पथरीकै हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगर पनि यसैगरी पीडित भएको बताउछन् ।
मगरको घर पथरी बजारदेखि करिव ४—५ किलो मिटर दक्षिण गाउँमा पर्दछ । घर फिर्ने क्रममा अनआवश्यक सोधखोज हुनुको साथै मापासेमा पर्दा डीएसपी दिलिप गिरीले बाइक नै खोस्ने कार्य सुरक्षा भन्दा बढी ‘दादागिरी शैली’ भएको बताउछ्न । मापासे जाँच गर्नु राम्रो भएपनि जाँच गर्दा डीएसपी गिरीको शब्द ज्यादै रुखो हुने गरेको अध्यक्ष मगरको भनाई छ ।
मापासे कै विषयलाई लिएर डीएसपी गिरीले होटल तथा आन्तरिक भोज (पार्टी) कार्यक्रम भित्र छिरेर समेत दुःख दिने गरेको गुनासो आइरहेको छ ।
२०७६ फागुन २० गते पथरीमा रहेको रेडियो सिम्रिक सञ्चालक समितिको बैठक थियो । बैठक अवेरसम्म चलेपछि नजिकै रहेको मनोहर पार्क(निर्माधिन होटल)मा खाना बनाउन लगाएर खाँन लाग्दा डीएसपी गिरी आफै छिरेर हप्कीदप्की गरेको समितिको अध्यक्ष अमिर (धनराज) राईले बताए ।
डीएसपी गिरीले रेडियोको टोलीमै चाँडो घर जानु भन्दै हप्काउन थालेपछि अध्यक्ष अमिरले तपाई नयाँ हुनुहुन्छ हाम्रो घर नजिकै हो भन्दा, म नयाँ होइन भनेर चर्केपछि बिषय लम्बिएको अध्यक्ष राईले बताए ।
मनोहरमा राखिएको सवारी साधन देखाउदै गिरीले मातेको मान्छेले यो बाइक कुदाउछ भन्दै चाँडो घर नगए कारबाही हुने धम्कि दिएका थिए ।
यसैगरी केही समय अघि डीएसपी गिरी प्रहरी टोलीसहित पथरी चोकमा रहेको सिक्का बारमा पसेर सञ्चालक र ग्राहकहरुलाई हप्कीदप्की गर्दै मापासे गरेर बाइक चलाए कारबाही हुने बताएको सञ्चालक धीरेन साम्बाले बताए ।
डीएसपी गिरीले होटलमा छिरेर हप्काएनन मात्र सबैलाई उतारेर बाइक चढ्न लगाए त्यसपछि मापासे भन्दै बाइकहरु प्रहरी कार्यालय लगेर दुःख दिएको साम्बाको भनाइ छ । डीएसपी गिरीले भने सिक्का बार मुनि राखिएको बाइक मापासे गरेका ब्याक्तिले चलाए दुर्घटना हुन्छ भनेर दुई वटा बाइक लगेको स्वीकार्दै उनिहरुलाई कारबाही नगरिएको बताए ।
यस्तै ममलामा नेपाली कांग्रेसको मोरङ २ नम्बर क्षेत्रीय सभापति गणेश खड्का पनि पीडित बने । तीन दिन अघि पथरीको सिनभिलेज पार्टी प्यालेसबाट एउटा बिबाहमा राखिएको खड्काकी श्रीमतीको हेलमेट हरायो । घर फिर्दै गर्दा हेलमेट नलगाई स्कुटर कुदाएको अरोपमा प्रहरीले यलम्बर चोकमा रोके ।
अर्को बाइकमा रहेको सभापति खड्काले यथार्थ बताउदा पनि डीएसपी गिरीले छाडेन र स्कुटर इलाका लगे । यलम्बर चोकमा सभापति खड्का र डीएसपी गिरीको निक्कै लामो भनाभन भएको थियो ।
हेलमेट नलगाएको मा पक्राउ परेको स्कुटर नवीकरण नभएकोमा एक हजार रुपैया तिरेर मात्र निकाल्नु प¥यो । सवारी चेकजाँच गर्नु राम्रो भएपनि अवस्था हेरेर व्यवहारिक रुपमा कतिपय कुरा सहज गर्दा राम्रो हुने सभापति खड्काको भनाइ छ ।
इलाका ट्राफिक प्रहरी कार्यालयको रेकर्ड अनुसार पुषमा ६५० वटा सवारीलाई करबाही भएको मध्ये ७५ मापासे रहेको छ । त्यसैगरी माघमा ६०० मा ८१ वटा र फागुन २६ गतेसम्म १०५ वटा मापासे सम्बन्धी कारबाही भएको पथरी ट्राफिक प्रहरी प्रमुख सई बलराम सिग्देलले बताए ।
मापासे चेकजाँचले सवारी दुर्घट्ना घटाउने र राजस्व बढ्ने गरेपनि सेवा तथा सुरक्षा भन्दा बढी डीएसपी दिलिप गिरीको अनआवश्यक दुःख दिने मनसाय र ‘दादागिरी शैली’प्रति असन्तुष्टी बढेको हो ।
काठमाडौं लगायतका सहरहरुमा मापासेमा परेका व्यक्तिहरुको सवारी अनुमति पत्र राखेर चिट काटी मापासे नगरेको चालक बोलाएर सावरी साधन उनैसँग पठाउछन् । तर, पथरीमा भने मापासेमा परेपछि सवारी साधननै प्रहरीले लिने गर्दा घर पुग्न गारो हुने हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगरको भनाइ छ ।
नियन्त्रणमा लिएको सवारी साधन सिद्धै इलाका प्रहरी कार्यालय परिसरमा लगिन्छ । ट्राफिक प्रहरी कार्यालय पूर्व बस स्टेन (पथरीको पूर्वी छेउ)मा छ । इलाका प्रहरी कार्यालय पथरी जाँते मोड उत्तरमा । ट्राफिक र इलाका प्रहरी कार्यालयको दुरी करिव चार सय मिटर रहेको छ ।
मापासेमा परेका सवारी साधन लिन जाँदा ट्राफिकमा रसिद काटेर, इलाका प्रहरी कार्यालय जानुपर्ने, त्यहाँ कर्मचारीले प्रमुख व्यक्तिलाई सोध्नु पर्ने, सोधेर लिखित रुपमा जिम्मा लिनुपर्ने झन्जट रहेको पीडित दोर्ण खड्काले बताए ।
ट्राफिकबाट चिट काटेर इलाका प्रहरी कार्यालयबाट सवारी साधन लिएपछि बल्ल मापासे क्लास लिन करिव ५० किलोमिटर विराटनगर जिल्ला प्रहरी कार्यालय मोरङ गएर आउनुपर्ने हुन्छ ।
मादक पदार्थ सेवन गर्नु र सेवन गरेर सवारी साधन चलाउनु राम्रो होइन । यसलाई नियन्त्रण गर्ने प्रयास राम्रो भएपनि परि हाल्नेहरुलाई सचेत गराउने वा सुध्रिनको लागि सुझाव दिने भन्दा अपराधिलाई यातना दिएजस्तो भइरहेको खड्काको भनाइ छ ।
मापासेमा परेका व्यक्तिहरुलाई अन्य स्थानमा जस्तो चिट काटेर सवारी अनुमति पत्र लिएर सेवन नगरेका चालक बोलाएर सवारी साधन जिम्मा लगाउने, सवारी साधन प्रहरीले नै राख्नु परेको अवस्थामा ट्राफिक प्रहरीको परिसरमा राखिए मानिसले अनआवश्यक झन्जट बेहोर्नु पर्नेछैन ।
मापासेको कक्षा लिन ५० किलोमिटर विराटनगर पुग्नु पर्ने भएको हुँदा पूर्वी मोरङको लागि छुट्टै मापासे कक्षा सञ्चालनको व्यवस्था मिलाउनु पर्ने अमिर राईको भनाइ छ ।
पथरीशनिश्चरे नगर १० नम्बर वडा अध्यक्ष सागर राईले डीएसपी गिरीको सक्रियता राम्रो भएपपनि व्यवहारिक कुराहरुमा भने सम्झाउनु पर्ने अवस्था आएको प्रतिकृया दिए । पथरी ट्राफिक प्रहरी प्रमुख सई बलराम सिग्देलले मापासे परीक्षणमा कसैले कसैलाई गालि गलैज भने गर्न नुहने बताए ।
मापासेमा परेका व्यक्तिहरुले अवश्यक भन्दा बढी झन्जट व्यहोर्नु परेको स्वीकार्दै ट्राफिक कार्यालयमा कम्पाउण्ड नभएको कारण सेवाग्रहीले सास्ति भोग्नु परेको बताए । यद्यपि मापासेमा परेका व्यक्तिहरुलाई सवारी साधन वा ब्लुबुक, सवारी अनुमति पत्र लिने कुरामा सहज बनाउन प्रयास गर्न सकिने बताए ।
स्थानीय समाजिक, राजनीतिक व्यक्तिहरुले कतिपय कुरामा डीएसपी गिरीलाई सम्झाउने प्रयास गर्दा आफू १८ बर्षदेखि प्रहरीको काम गरेकोले सिकाउन नपर्ने बताउने गरेका छन् । डीएसपी गिरी १८ बर्षे जागिरको धमास दिने गरेपनि ट्राफिक प्रहरी प्रमुख बलराम सिग्देल २९ बर्षदेखि प्रहरी सेवामा कार्यरत रहेका छन् ।
२०७६ चैत्र १, शनिबार ०५:१२ गते
0 Minutes
31 Views
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।