
बिश्व भरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) को कारण इटालीमा पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या २,५०३ पुगेको छ ।
यो भाइरस अहिले विश्वका १७० वटा देशमा फैलिएको छ । बुधबार राती १० बजेसम्म कोभिड–१९ को संक्रमणबाट ८ हजार २ सय ७३ जनाको मृत्यु भइसकेको छ भने २ लाख ८ हजार ४ सय ५१ जना संक्रमित भएका छन् । ८२ हजार ९ सय ९ जना निको भई सकेका छन भने १ लाख १७ हजार २ सय ६९ जना सङ्क्रमितको उपचार भई रहेको छ र ६ हजार ४ सय ३९ जनाको अवस्था गम्भिर रहेको छ ।
पछिल्लो समय चिनमा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या धेरै घटेको छ भने इटालि, इरान्, स्पेन्, जर्मनि, दक्षिण कोरिया, फ्रान्स र अमेरिका मा बढेर गएको छ । हाल सम्ममा इटालि ३१ हजार, इरान् १७ हजार, स्पेन् १३ हजार, जर्मनि ११ हजार, दक्षिण कोरिया ८ हजार, फ्रान्स ७ हजार र अमेरिका ७ हजार भन्दा बढिलाई सङ्क्रमण भएको छ । अमेरिकाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको छ । मंगलबार वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए ।
बिस्तृत जानकारी लिन चाहनेले यो वेबसाइट भिजिट गर्न सक्नु हुनेछ
https://www.worldometers.info/coronavirus
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।