
काठमाडौं । नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमित बिरामी कोही पनि फेला नपरेको सो अस्पतालले जनाएको छ । सामाजिक सन्जालमा भाइरल भएको अडियो भ्रामक र कपोकल्पित रहेको अस्पतालको भनाइ छ ।
यसअघि सामाजिक सन्जालमा नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएको अफवाह फैलिएको थियो ।
अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले शनिबार विज्ञप्ति जारी गर्दै अफवाह फैलाउनेलाई कडा ‘सामाजिक कारवाही’ गर्न माग गरेका छन् । उनले यसलाई सामाजिक अपराध भनेका छन् ।
मैनालीका अनुसार नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले एकजुट भइ समस्यासँग लड्नुपर्ने बेलामा भ्रम फैलाइएकोप्रति खेद प्रकट गरेका छन् ।
भ्रामक अडियोबाट अफवाह फैलाउने व्यक्तिबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।