२०८० जेष्ठ १८ बिहीबार

कोरोना सङ्क्रमणबारे सामाजिक सञ्जालमा झुटो प्रचार गर्ने २० वर्षीय मगर पक्राउ

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।

उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ ।

२०७६ चैत्र ८, शनिबार १२:१८ गते 0 Minutes 10 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।