२०८० चैत्र १६ शुक्रबार

धरानमा कोरोना पुर्वतयारी: ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय

धरान / कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइन भएको ठाउँसम्म पुर्याउन धरानमा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने धरान उप महानगरपालिकाले बताएको छ ।

धरान उपमहागनरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुनसरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एम्बुलेन्स चालक संघ सुनसरीको संयुक्त बैठकले ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय भएको हो । यो सेवा निःशुल्क प्रदान गरिने छ । आइतबार देखि नै उक्त एम्बुलेन्सहरु वीपी प्रतिष्ठानमा तयारी अवस्थामा रहने निर्णय गरिएको धरानका मेयर तिलक राईले जानकारी दिए । ‘कोही बाहिरबाट आउनुभएको व्यक्ति छन्, र उनलाई क्वारेन्टाइनमा लैजानुपर्ने भयो भने हामी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउछौं ।

एम्बुलेन्स सेवा रेडक्रसको १ वटा, वीपी प्रतिष्ठानको १ वटा र एम्बुलेन्स चालक संघको २ वटा हुनेछ । ती एम्बुलेन्स प्रतिष्ठानको जिओपिडी अगाडिको हेल्प डेस्कमा रहनेछ । क्वारेन्टाइनमा लैजान आवश्यक विरामीलाई एम्बुलेन्समार्फत पुर्याइनेछ भने क्वारेन्टाइनबाट ल्याउनुपर्ने व्यक्तिलाई पनि ल्याइनेछ । हेल्थ डेस्कमा प्रहरी पनि परिचालन गर्ने निर्णय भएको छ भने स्कुलहरु विदा भएकोले शिक्षकहरुलाई सचेतना अभियानमा परिचालन गरिने पनि मेयर राईले जानकारी दिए ।

ईलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्र कार्कीले धरानमा पर्याप्त आपूर्तिको सरसामानहरु भएकोले सेल्फ क्वारेन्टाइनमा रहेर आफै सुरक्षित हुन आग्रह गरे ।

२०७६ चैत्र ८, शनिबार १२:४० गते 0 Minutes 69 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार