
धरान / पहिलो कविता कृर्ति पाठेघरबाट अत्याधिक चर्चा कमाएकी बादल चाम्लिङको नयाँ कृति ‘वीर्य जमिन’को हिजो शुक्रबार बेलबारीमा होमलञ्च गरिएको छ ।
श्रष्टा समाज बेलबारी र बेलबारी विकास समितिले आयोजनामा सो कृतिको सार्वजनिक गरिएको हो । वरिष्ठ कवि तथा बेलाबारी नगरपालिकाका उप प्रमुख तारा पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा ‘वीर्य जमिन’लाई प्रमुख अतिथि पराजुली, श्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङ, समालेचक आचार्य ‘अ’ तथा स्वयम कवि वादल चाम्लिङले एकसाथ कृर्तिको सार्वजनिक गरे ।
कार्यक्रमका वक्ता आचार्य ‘अ’ले कवि बादल चाम्लिङलाई यो ‘वीर्य जमिन’ले अर्को उचाईमा पु¥याउने बताए । कवि बादल चाम्लिङ यस अघि नै सफल कविको रुपमा स्थापित भइसकेकोले उनी र उनको कवित्वमाथि बोल्नु भन्दा नि उनको कविता पढ्नु पर्नेमा जोड दिए । साथै बादलको कविता पाठकले दोहोरयाई, तेहेर्याई पढ्नेसमेत बताए ।
कवि बादल चाम्लिङले अन्य क्षेत्रमा जस्तै लेखनमा नि नारीहरुले व्यवहारिक कठिनाईहरु भोग्नुपरेको बताउँदै म जस्तो एउटा गृहिणीलाई कविको मञ्चमा उभ्याउनुभएको छ । मलाई यो धरातलमा ल्याउने आम पाठक तथा शुभेच्छुकहरु नै भएकाले आफु सदा समाज वरपर नै रहेर कलम चलाउने संकल्प गरिन् । उनले संग्रह भित्रका बोक्सि शीर्षकको कविता पनि वाचन गरिन् । जुन कविता आम नेपाली नारीहरुप्रति समर्पित थियो ।
‘मलाई शङ्का लाग्यो
ए ए…..बिस्तारै है भनेँ
कुची उठाएर तप्लङ्ग एक तप्को रङ चोब्यो
सुलुलुलु गुजुल्टो परेको कपाल देखाइदिइ त हाल्यो
मुखमा दाह्रा
औंलामा हतियारझैँ लाग्ने नङ्ग्राहरू थपिदियो
सौभाग्य र स्व-पराक्रमको प्रतीक रातो बिन्दी सुहाउँछ
बिन्ती गदैै छु
तप्लक्कै कालो टीका पो लगाइदियो ।यतिन्जेलसम्म
अशुभले साम्राज्य जमाइसकेको थियो
ठुलो भिड
अलग्गै पर बसेर यो तमासा हेरिरहेको थियो ।यसरी यो समाजले आफू खुसी क्यानभासमा एउटा आकृति उता¥यो
र नाम दियो
बोक्सी ।’
कार्यक्रमका प्रमुख अतिथि कवि तथा बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीले समाज समृद्धिको लागि साहित्य अपरिहार्य रहेको, बादलको कविताहरु पनि यो समाज र आम जनजीवनकै सेरोफेरोमा रहेको बताइन् । पराजुलीले वादल चाम्लिङ यी यस्तै कविताहरुको कारण कवित्वको उचाईमा पुगेको दावि पनि गरिन् ।
गीतकार तथा संगीतकार जे.बी. थुलुङले सञ्चालन गरेको सो कार्यक्रममा श्रष्टा समाजका अध्यक्ष एवम पूर्व साँसद हर्कमान तामाङ सभाध्यक्ष रहेका थिए ।
प्रस्तुति : प्रकाश दिप्शाली राई
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।